आजको पञ्चाङ्ग एवम् राशिफल (१६ जेठ २०८१ बुधबार, २९ मे २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (१६ जेठ २०८१ बुधबार, २९ मे २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८१ ज्येष्ठ १६ गते तद्अनुसार सन् २०२४ मे २९ तारिख बुधबार ज्येष्ठ कृष्ण षष्ठी तिथि श्रवण नक्षत्र ८ः४५ पर सप्तमी तिथि ऐन्द्र योग भद्रा करण आनन्दादिमा छत्र योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः११ मा भयो र सूर्यास्त साँझ १८ः५२ मा हुनेछ ।

आजको राशिफल

मेष – बिनाकारण अनेक चुनौती सामना गर्नुपर्ने समय भएपनि आयआर्जनका स्रोत भेटिनेछन् । व्यवसायमा सोचेभन्दा बढी सफलता मिल्ने देखिन्छ । रचनात्मक कामले आम्दानीको दिगो स्रोत जुट्न सक्छ । स्थापित व्यवसाय तथा कृषिकर्मलाई निरन्तरता दिन सकिनेछ । यात्रापरक एवम् आर्थिक कार्य बन्नेछ । शुरुमा जटिल लागेका काम पनि विस्तारै अनुकूलता वृद्धि भइ सहज प्रतीत होला । मित्रजनको सहयोग प्राप्त हुनेछ ।

वृष – सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्ने समय छ । तर, अनुकुलता वृद्धि भइ परिणाम तपाईंकै पक्षमा रहला । पैत्रिक सम्पत्तिमा विवाद आउन सक्ने योग छ । बिनाकारण आफन्तजन टाढिन सक्छन् । स्वास्थ्य केही कमजोर रहेपनि आजको दिन पार्टी, पिकनिक वा खानपान समारोहमा सहभागी भइएला । कृषिसम्बन्धी कार्यमा लगनशीलताले ठूलो काम बन्न सक्छ । परिवारिक सुख बढ्नेछ ।

मिथुन – काममा जोखिम र दौडधुप बढ्ने समय छ । आत्मबल कायम रहनाले प्रतिकुलता एवम् शत्रुमाथि विजय प्राप्त होला । बौद्धिकता र रचनात्मकता बढ्नेछ, जसले समस्याको समाधान दिलाउनेछ । यात्रागत कार्य सार्थक हुनेछ । तथापि, राहुको प्रभावले विवाद, धनहानि, लाञ्छना जस्ता समस्या आउन सक्छन्, ध्यान राख्नुहोला ।

कर्कट – आश मारेको काम बन्नाले केही मात्रामा उत्साह बढ्ला । आँटले जटिल कामसमेत सम्पादन हुन सक्छ । तर, आजको दिन नसोचेको पारिवारिक समस्या देखापर्ने सम्भावना छ । साझेदारीमा विवाद र पतिपत्नीमा असमझदारी बढ्न सक्छ । विद्यार्थीहरूमा पढाइलेखाइको स्तर खस्कने योग छ । सामाजिक तथा मङ्गलमय काम सम्पादन गर्न सकिनेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – रोकिएका काम बन्ने र बौद्धिक कार्यमा सफलता मिल्ने समय छ । प्रेम र मित्रताको बन्धन कसिलो होला । रमाइलो यात्राको अवसर जुट्न सक्छ । भ्रमणका बीच मानसम्मान पनि प्राप्त हुने योग छ । स्वास्थ्यचाहिँ केही कमजोर रहन सक्छ, खनपानमा ध्यान राख्नु उचित हुनेछ । विद्यार्थीहरूका लागि अनुकूल समय छ । कलात्मक काममा सफलता मिल्नेछ । अतिरिक्त आम्दानी बढ्ने देखिन्छ ।

कन्या – नयाँ उद्योग-धन्दाको थालनी गर्न सकिने समय छ । समाजसेवा र परोपकारका कार्यमा मन जाला । आयआर्जनको कमीले महत्वपूर्ण काममा ब्यवधान पुग्ने योग छ । तर्कशक्ति बढ्नुका साथै बौद्धिक क्षमता प्रदर्शन गर्ने मौका मिल्न सक्छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । साथीभाइको सहयोगले पराक्रम बढ्ला । आफन्तजनको साथले समस्याको समाधान मिल्नेछ ।

तुला – व्यस्तता बढ्नेछ । सन्तानबाट फाइदा र सुख मिल्ने समय छ । रोकिएका काम सुरु हुनेछन्, तर स्वास्थ्य केही कमजोर रहनाले लक्ष्यप्राप्तिमा ब्यवधान पुग्न सक्छ । आफन्तबीच असमझदारी बढ्ने देखिन्छ । झुटा आरोपको सम्भावना भएकोले बोली र व्यवहारमा संयमता अपनाउनु उचित हुनेछ । प्रवासमा हुनेहरूलाई समय निकै अनुकूल देखिन्छ । धन सम्पदामा बढोत्तरी होला ।

वृश्चिक – पराक्रम बढ्नेछ । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिने समय छ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइएला । जीवनसाथी र सन्तानका तर्फबाट भौतिक सम्पत्ति लाभ हुने योग छ । घरखर्च बढ्ने देखिन्छ । परिश्रमअनुसारको परिणाम प्राप्त नहुन सक्छ । आरोग्य रहनेछ ।

धनु – व्यवसायमा केही उतारचढाव आए पनि अन्ततः फाइदै हुनेछ । साथीभाइले साथ दिनेछन्, रोकिएका काम बन्न थाल्नेछन् । पढाइलेखाइमा अनुकूल समय छ । नयाँ नोकरी प्राप्ति वा पदोन्नतिको सम्भावना छ । व्यापार–व्यवसाय विस्तारको योग छ । विश्वासमा पारेर धोका दिनेहरूले सताएपनि जित तपाईंकै हुनेछ ।

मकर – परिश्रमबाटै घर-जग्गा वा स्थिर सम्पत्ति जोड्ने समय भएपनि साझेदारीमा खटपट आउनाले अप्ठ्यारोमा परिएला । बुद्धिको उपयोगले सामाजिक प्रतिष्ठा वा मानसम्मान वृद्धि हुनेछ । स्थायी सम्पत्ति आर्जन गर्ने योग छ । जीवनसाथी वा विपरितलिंगीबाट पाइने साथ र सहयोगीजनको मद्दतले काम बन्ने योग छ । नियमकानूनले साथ दिनेछ । शत्रुपक्ष परास्त हुनेछ ।

कुम्भ – प्रतिस्पर्धीहरूलाई पछि पार्दै विशेष अवसर हात पार्न सकिने समय छ । नयाँ नोकरी, पदोन्नति वा अनुकूल स्थानान्तरण हुन सक्छ । स्थायी सम्पत्ति जोड्ने योग छ । बुद्धिको सही उपयोगले महत्वपूर्ण काम लिन सकिने छ, तर बुद्धि-विवेकको उपयोग गर्नमा चुकिने सम्भावना पनि रहेको छ, सचेत रहनुहोला । बोलीको गलत अर्थ लागेर विवादमा पर्नबाट जोगिन विशेया प्रयत्न गर्नु हितकर हुनेछ ।

मीन – व्यवसायमूलक यात्रा हुने समय छ । रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान पाइएला । भाग्य बलवान् रहनाले आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् । सामाजिक पक्ष सबल बन्नुका साथै मानसम्मान पनि पाइनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । आफन्तको साथ मिल्नेछ भने सुख वृद्धि हुनेछ । मनमा विलासिताको भाव पैदा होला ।