आजको पञ्चाङ्ग एवम् राशिफल (१७ जेठ २०८१ बिहीबार, ३० मे २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (१७ जेठ २०८१ बिहीबार, ३० मे २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८१ ज्येष्ठ १७ गते तद्अनुसार सन् २०२४ मे ३० तारिख बिहीबार ज्येष्ठ कृष्ण सप्तमी तिथि धनिष्ठा नक्षत्र ७ः२४ पर शतभिषा नक्षत्र वैधृति योग बालब करण आनन्दादिमा श्रीवत्स योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः११ मा भयो र सूर्यास्त साँझ १८ः५३ मा हुनेछ । अष्टमी व्रत, गोरखकाली पूजा ।

आजको राशिफल

मेष – आजको दिन सामान्य उपलब्धिको लागि पनि ज्यादा नै परिश्रम लगाउनुपर्ने अवस्था आउन सक्छ । व्यावसायिक काममा फाइदा उठे पनि आर्जित धन तत्काल खर्च हुने सम्भावना छ । स्वास्थ्यगत दृष्टिले आज आफू केही कमजोर भएको अनुभूति हुनेछ । अप्रिय समाचारले मन खिन्न रहला । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्ने प्रयास गर्नुहोला । विशेष कार्य गर्नुछ भने परिवारजनको सहयोग जुटाउने प्रयत्न गर्नु हितकर हुनेछ । प्रतिकुलताका बाबजुद आमोदप्रमोदमको भाव पैदा हुनेछ ।

वृष – प्रतिष्ठित काम गर्ने अवसर जुर्ला । अरूलाई प्रभावित पारेर काम लिन सकिने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने योग छ । काममा मातापिताको सहयोग प्राप्त होला । तथापि, विगतका निर्णयले काम बिग्रने र बेसुरमा वचन दिने बानीले दुःख मिल्न सक्ने हुँदा सचेतनाका साथ कर्म गर्नुहोला । मान्यजनको सुझावप्रति विश्वास नलाग्न सक्छ । विवेक प्रयोग गरेर व्यवहार गर्नु हितकर हुनेछ । रचनात्मक काममा सफलता मिल्नेछ । यात्रापरक काम बन्नेछ ।

मिथुन – विभिन्न सहयोग र उपहार मिल्नुका साथै आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पैत्रिक सम्पत्तिको उपयोगबाट थप लाभ हुन सक्छ । कृषि कार्यबाट सामान्य तर व्यापारमा राम्रै लाभ हुने देखिन्छ । कुनै विशेष कार्य गर्दै हुनुहुन्छ भने आजको लागि थाती राख्नु हितकर हुनेछ, तर गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ । आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन्, सचेत रहनुहोला । बौद्धिकता तथा रचनात्मकताले समस्याको समाधान प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – कामको चापबाट मुक्त रही विश्राम पाइने समय छ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । परिवारजनको साथले नयाँ आशा पलाउला । तर, प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्, सावधानीपूर्वक व्यवहार गर्नुहोला । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने योग रहेकोले सजगताको दरकार छ । समयमा होश नपुग्नाले खर्चको अवस्था आउन सक्छ । रसरागमा आकर्षण बढ्नेछ । खेलकुद, भ्रमण जस्ता विषयमा मन जाने देखिन्छ ।

सिंह – प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्राको सम्भावना देखिन्छ । आजको दिन शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइने छ, ख्याल राख्नुहोला । परिवारजनमा खटपट तथा आफ्नै कमजोरीले विवादमा परिने योग रहेकोले व्यवहारमा सरलता अपनाउनु हितकर होला । सद्विचारबाट अभिप्रेरित हुनेहरूलाई विशेष फाइदा प्राप्त हुने देखिन्छ । मित्रजनको साथ मिल्नेछ ।

कन्या – सामान्य उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खंनु उचित हुनेछ । श्रमको उचित मूल्यांकन भने हुने देखिन्छ । पढाइलेखाइमा पनि राम्रै प्रगति होला । तर, बन्दै गरेको काममा रोकावट र आकस्मिक खर्च समेत बढ्ने योग छ । बन्धुबान्धव, इष्टमित्रसँग असमझदारी बढ्न सक्छ, सावधान रहनुहोला । साहस वा पराक्रममा कमी आउनेछैन । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

तुला – लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । सहयोगीहरूले पनि खासै साथ नदिन सक्छन् । स्वादिष्ट भोजनको आनन्द भने जुर्नेछ । स्वास्थ्यमा सामान्य कमजोरी देखापर्न सक्छ, सचेत रहनुहोला । काम बिग्रने भयले सताउला । साहसिक काममा आकर्षण बढ्नेछ तर आजको प्रयत्न निष्फल जस्तै हुनसक्ने योग रहेकोले महत्वपूर्ण कार्य थाती राख्नु उचित हुनेछ ।

वृश्चिक – व्यस्तता बढ्नेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । उद्योग र व्यापारमा विशेष फाइदा होला । आलोचक पक्ष सक्रिय हुनसक्ने र मानसम्मानमा आघात पुग्ने योग पनि छ, बाोली र व्यवहारमा संयमता अपनाउनु उचित हुनेछ । पठनपाठन कार्यमा त्यति समय दिन नसकिएला । मिठो भोजन प्राप्त गर्नुहुनेछ । सुख सुविधाको वस्तुमा खर्च बढ्ला । योजना र बजेट बनाइ कार्य गर्नु बेस हुनेछ ।

धनु – आजको दिन यात्राको व्यवस्थापनमा खर्च हुन सक्छ । द्वन्द्व तथा प्रतिस्पर्धामा सावधानीका साथ जुट्नुपर्ने समय छ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । व्यापार तथा उद्योगतर्फ फाइदाकै योग छ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य काम पनि बन्नेछ । रसरागको भाव जागृत होला ।

मकर – सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रै लाभ उठाउन सकिनेछ । व्यापारमा पनि ठिकै छ । सबल स्वास्थ्यका लागि खानपानमा विशेष सावधानी अपनाउनु उचित हुनेछ । पढाइलेखाइमा समय दिन नसकिएला । मिठो भोजन प्राप्त हुनेछ । खेलकूद, भ्रमण जस्ता कार्यमा आकर्षण रहला ।

कुम्भ – समय मिश्रित फलदायी रहला । सफलताका लागि प्रतिस्पर्धा गर्नुपर्ने समय छ । शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती समेत सामना गर्नपर्ला । तथापि, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ । तपाईंको कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला । आरोग्यता रहनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मीन – आजको दिन प्रतिष्ठित काम गर्ने अवसर जुर्न सक्छ । आत्मविश्वास बढ्नेछ भने विशिष्ट व्यक्तित्वसँग भेटघाट होला । पारिवारिक जमघटमा मन रमाउनेछ । सन्तान तथा मातृशक्तिको सल्लाह–सहयोगले काममा फाइदा हुन सक्छ । आयआर्जन पनि राम्रै हुने देखिन्छ । साझेदारीको काम बन्नेछ । खर्च भने केही वृद्धि हुन सक्छ । समस्याको समाधान मिल्ने समय छ ।