असार ११ देखि तिङ्कर नाका सञ्चालनमा आउने

असार ११ देखि तिङ्कर नाका सञ्चालनमा आउने


दार्चुलाको तिङ्कर नाका सञ्चालनमा आउने भएको छ । चीनको तिब्बतसँग जोडिएको तिङ्कर नाका आगामी असार ११ गतेदेखि सञ्चालनमा आउने दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिएका छन् ।

चीनको तिब्बत (बुराङकाउन्टी)का जनप्रतिनिधि, सुरक्षा अधिकारी र नेपालका तर्फबाट दार्चुलाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरुसँग बिहीबार (१७ जेठ) दुईपक्षीय कुराकानी भएपछि असार ११ गतेदेखि तिंकर नाका सञ्चालनमा आउन लागेको हो ।

सुरक्षा निकायका प्रमुखहरुले चिनियाँ सुरक्षा अधिकारीसँग सामाजिक सञ्जाल वीच्याटमार्फत नाका सञ्चालन गर्ने विषयमा कुराकानी भएको प्रजिअ जोशीको भनाइ छ ।

ज्ञातव्य छ, कोरोना सङ्क्रमणका कारण विसं २०७६ यता उक्त नाका बन्द छ ।