सहकारीको ८ अर्ब हिनामिना प्रकरण : ‘सहकारी माफिया’ सिबी लामा पक्राउ

सहकारीको ८ अर्ब हिनामिना प्रकरण : ‘सहकारी माफिया’ सिबी लामा पक्राउ


सहकारी माफिया भनेरसमेत चिनिने सीबी लामा पक्राउ परेका छन् । उनलाई प्रहरीले नेपाल र भारतको सीमाबाट पक्राउ गरेको जनाएको छ ।

सीबी हालसम्म भारतमा लुकेर बसेको स्रोतहरूले दाबी गर्दै आएका थिए । उनले सहकारीका सदस्यहरु करिव १४ हजार जनाभन्दा धेरैले बचत गरेको रकम अपचलन गरेको अभियोग छ ।

कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका प्रहरीले पक्राउ गरेको हो । कान्तिपुर सहकारीको ६ अर्ब र पशुपति सहकारीको २ अर्बसमेत ८ अर्ब रुपैयाँबढी हिनामिना गरेको आरोपपछि लामा फरार थिए । उनी पशुपति सहकारीका बहालवाला अध्यक्ष हुन् ।

कान्तिपुर सहकारीका १८ वटा शाखामा करिव १४ हजार जना बचत कर्ताले जम्मा गरेको ६ अर्ब १३ करोड हिनामिना भएको छ । लामालाई अहिले काठमाडौं ल्याइँदै गरेको प्रहरीले जनाएको छ ।