सुनको मूल्य तोलामा १७ सयले बढ्यो

सुनको मूल्य तोलामा १७ सयले बढ्यो


स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा एक हजार सात सयले वृद्धि भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धि पछि नयाँ कीर्तिमान कायम गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापवाला सुन बिहिबार प्रतितोला रु एक लाख ४० हजार पाँच सयमा कारोबार भएकोमा आजका लागि एक लाख ४२ हजार दुई सय निर्धारण भएको छ ।

तेजाबी सुन बिहिबार एक लाख ३९ हजार आठ सयमा कारोबार भएकोमा आजका लागि भने एक लाख ४१ हजार पाँच सय निर्धारण भएको छ ।

चाँदीको मूल्य भने तोलामा रु २५ ले ओरालो लागेको छ । बिहिबार प्रतितोला एक हजार नौ सयमा कारोबार भएको चाँदी आजका लागि एक हजार आठ सय ७५ निर्धारण भएको छ ।