आजको पञ्चाङ्ग एवम् राशिफल (१९ जेठ २०८१ शनिबार, १ जुन २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (१९ जेठ २०८१ शनिबार, १ जुन २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८१ ज्येष्ठ १९ गते तद्अनुसार सन् २०२४ जुन १ तारिख शनिबार ज्येष्ठ कृष्ण पक्षको नवमी तिथि ६ः२० पर दशमी तिथि उत्तराभाद्रपद नक्षत्र प्रीति योग वणि करण आनन्दादिमा धूम्र योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१० मा भयो र सूर्यास्त साँझ १८ः५४ मा हुनेछ ।

आजको राशिफल

मेष – आजको दिन सुखदायी रहने देखिन्छ । बोलीको भरमा काम सम्पादन हुने समय छ । विचारले धेरैलाई आकर्षण गर्न सकिएला । केही चुनौती खडा भएपनि प्रतिस्पर्धामा अघि परिनेछ । स्वास्थ्य पनि सबल रहनेछ । कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । मिठो भोजन प्राप्ति र यात्रागत कार्यमा सफलता मिल्नेछ । अनुकूलता वृद्धि हुनेछ ।

वृष – धेरै श्रम तर कममात्र प्रतिफल पाइने दिन छ । भएको आम्दानी सञ्चय गर्न मुस्किल पर्ने देखिन्छ । तर तपाईंका विचारले धेरैलाई आकर्षण गर्नेछ भने प्रशंसकहरू बढ्नेछन् । सहयोगीजनले काममा साथ दिनेछन् । पारिवारिक समस्याको समाधान मिल्नेछ । चोरी वा ठगीमा पर्ने येग रहेकोले आज विशेष सावधानी अपनाउनु हितकर होला ।

मिथुन – अधिकारका लागि प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही चुनौतीको सामना गर्नुपर्ला, तर विजय तपाईंकै पक्षमा हुनेछ । मौकाको फाइदा उठाउन अलिक जोडबल लगाउनुपर्नेछ । जिम्मेवारी वा दायित्व बढ्ला । परिवारजनमा खर्च पनि वृद्धि हुने सम्भावना छ । आफन्तजनबाट धोका हुन सक्छ, सचेत रहनुहोस् । प्रतिकुलताका बाबजुद धर्मकर्ममा आकर्षण रहला । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिकता वा विवेकले शान्ति प्रदान गर्नेछ ।

कर्कट – दौडधुप केही बढेपनि नयाँ काम र जिम्मेवारी हातपर्ने समय छ । रोकिएका काम सम्पादन हुनेछन् । धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा संलग्नता बढ्नेछ भने सामाजिक क्रियाकलपमा मन जानेछ । प्रतिष्ठित काम गर्ने मौका जुर्ला । व्यापार तथा उद्योगतर्फ पनि फाइदा नै हुने योग छ । साथीभाइको सहयोगले सुखको भाव वृद्धि गराउनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – दिन शुभदायी रहला । प्रशंसकहरू बढ्नेछन्, सहयोगीहरूले काममा साथ दिनेछन् । आज आर्थिक क्रियाकलापमा राम्रै फाइदाको योग छ । विगतको श्रमबाट पनि धन लाभ हुने देखिन्छ । प्रतिस्पर्धा वा मुद्दा-मामिलामा विजयी भइएला । आत्मविश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग फलदायी भेटघाट होला । प्रेमभावका साथै दामपत्य सुख बढ्नेछ । आरोग्यता रहनेछ । रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।

कन्या – दिन उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रेमभाव वृद्धि र सुख बढ्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । मित्रजनको सहयोग प्राप्त हुनेछ । आफन्तको साथले पराक्रम बढ्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

तुला – सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ । विगतका समस्या बल्झिन सक्छन् । ब्यर्थको दोडधुपमा समय बित्न सक्छ । स्वास्थ्यगत समस्याले पनि केही सताउने सम्भावना छ । तथापि, पारिवारिक जमघटमा मन रमाउनेछ । संयमताले विजयी तुल्याउला । परिवारजनको साथ रहनेछ ।

वृश्चिक – व्यस्तताका साथसाथै सामर्थ्य वृद्धि हुने समय छ । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् भने इष्टदेवको पूजा-उपासनाले लाभ दिलाउनेछ । आजको दिन केही विवादमा परिने योग रहेकोले बोली-व्यवहारमा विशेष सावधानी अपनाउनुहोला । आजका लागि लेनदेनबाट पनि सकभर बचेकै राम्रो । दाम्पत्य जीवन समृद्ध बन्ने देखिन्छ । सवारी साधनको प्रयोगमा आजको दिन अलि सावधानी अपनाउनु हितकर हुनेछ । मिठो भोजन प्राप्त हुनेछ ।

धनु – रोकिएका काम सम्पादन हुनेछन् । बौद्धिक क्रियाकलापमा संलग्नता रहला । विशेष सभा-समारोहमा सहभागी बन्ने मौका मिल्नेछ । आर्थिक अभावले भने केही सताउन सक्छ । नयाँ काममा हात हाल्ने समय छ । स्थायी सम्पत्ति जोड्ने प्रयत्नले सार्थकता पाउन सक्छ । व्यस्तता केही वृद्धि होला । मिठो भोजन प्राप्त हुनेछ । रसरागात्मक कार्यमा आकर्षण रहला ।

मकर – भाग्योन्नतिको समय छ । नयाँ काममा कदम अघि बढाउन सकिनेछ । पराक्रम तथा उत्साह बढ्नुका साथै धनआर्जनको योग छ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्ने देखिन्छ । मिठो भोजन प्राप्ति र सुख वृद्धि हुनेछ । आरोग्यता रहला । प्रतिष्पर्धी परास्त हुनेछन् ।

कुम्भ – दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यावसायिक यात्राको सम्भावना छ । आर्थिक उपार्जनमा सुधार आउला । कतै आतिथ्यपूर्ण सम्मान मिल्ने देखिन्छ । अलिक बाध्यताका काममा जुट्नुपर्ने परिस्थिति पनि देखापर्ला । प्रतिस्पर्धी परास्त हुनेछन् । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिने समय छ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मीन – पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्ने देखिन्छ । भूमि तथा मातृधनबाट लाभ लिने समय छ । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न प्रयत्न गर्नु उचित हुनेछ । आरोग्यता रहनेछ । साझेदारीको काम बन्नेछ ।