हुण्डी कारोबारमा संलग्नहरू ७२ लाख नगदसहित पक्राउ

हुण्डी कारोबारमा संलग्नहरू ७२ लाख नगदसहित पक्राउ


राजधानीमा हुण्डीको कारोबारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–७ मा रहेको लुम्बिनी खाजा घर एण्ड गेष्ट हाउसबाट ७२ लाख रुपैयाँसहित दुईजना कारोबारी पक्राउ परेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।

पक्राउ पर्नेमा भोजपुर घर भएर हाल राजधानीको नयाँसडक बस्दै आएका ५० वर्षीय भीमसेन विश्वकर्मा २९ वर्षीय खेमराज विश्वकर्मा रहेका छन्् । बरामद भएको रकमको स्रोत खुलाउन विश्वकर्माद्वयले नसकेपछि उक्त रकम हुण्डीको कारोबारमा प्रयोग हुने गरेको प्रहरीले जनाएको छ ।