आजको पञ्चाङ्ग एवम् राशिफल (२१ जेठ २०८१ सोमबार, ३ जुन २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (२१ जेठ २०८१ सोमबार, ३ जुन २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८१ ज्येष्ठ २१ गते तद्अनुसार सन् २०२४ जुन ३ तारिख सोमबार ज्येष्ठ कृष्ण पक्षको द्वादशी तिथि अश्विनी नक्षत्र सौभाग्य योग कौलव करण आनन्दादिमा राक्षस योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१० मा भयो र सूर्यास्त साँझ १८ः५५ मा हुनेछ । वैष्णवहरुको अपरा एकादशी व्रत, जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस ।

आजको राशिफल

मेष – आजको दिन केही चुनौतीहरू देखिनेछन् । अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिने समय छ । धैर्यले काम लिनु हितकर होला । हातमा आएको प्रतिफल गुम्न नदिन विशेष प्रयत्न गर्नुपर्नेछ । यात्रा व्यवस्थापनमा खर्च बढ्ने योग छ । अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ने सम्भावनाका कारण धैर्यताका मात्रा बढाउनु उचित होला । अन्य कुरामा प्रतिकुलताका बाबजुद रसरागको भाव वृद्धि हुनेछ । निकटजनको साथ मिल्नेछ ।

वृष – अनुकूलता वृद्धि होला । रोकिएको काममा सफलता मिल्नेछ भने इष्टमित्रहरू सहयोगी बनेर देखापर्नेछन् । आमोदप्रमोदमा रमिरहनु हुनेछ । खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ । व्यवसायमा फाइदै हुनेछ, तर यात्रामा धनमाल हराउन सक्ने योग रहेकोले सचेत रहनु हितकर हुनेछ । परिवारिक सुख र उत्साह बढ्नेछ ।

मिथुन – मिश्रित फलदायी समय छ । छरछिमेकमा केही असमझदारी बढ्न सक्छ, पतिपत्नीमा अविश्वास बढ्ने योग छ । प्रतिस्पर्धामा जित हासिल हुनेछ । प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । आर्थिक लाभका कार्यमा आकर्षण बढ्नेछ । व्यावसायिक यात्राको सम्भावना देखिन्छ । कर्मबल बढ्नेछ । रचनात्मकतामा कमी आउन सक्छ । शत्रुपक्षले सताउन सक्ने हुँदा सजगताका साग कदम चाल्नुहोला ।

कर्कट – सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम सम्पादन हुनेछन् । परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ । मातृधनबाट लाभ लिन सकिनेछ । अरूलाई वचन दिने बानीले दुःख पाइनेछ । कर्मबल बढ्नेछ भने मिठो भोजन प्राप्त हुनेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त होला । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – शुभदायी समय छ । नयाँ काम र जिम्मेवारी हात पार्न सफल भइएला । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । गरी आएका काम र व्यापार–व्यवसायमा राम्रै फाइदा हुनेछ । रसरागको कार्यक्रममा आकर्षण रहनेछ । शोख पूरा गर्नमा केही खर्च बढ्नसक्ने योग छ । मित्रजनको साथ मिल्नेछ । कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – दौडधुप बढेपनि सफलता प्राप्तिको समय छ । शत्रु र रोगबाट छुटकारा मिल्नेछ भने मुद्दा–मामिलामा विजयी भइएला । प्रेमको बन्धन कसिने बेला छ । सामाजिक कार्यमा सरिक हुने र त्यसले प्रतिष्ठा दिलाउने योग छ । कर्मप्रतिको लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । साथीभाइको सहयोग प्राप्त हुनाले पराक्रम बढ्ला । यात्रागत कार्य सार्थक बन्नेछ ।

तुला – प्रतिष्ठा आर्जन हुने दिन छ । कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ भने बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । सन्तान वा अनुयायीले पनि प्रसन्नता दिलाउनेछन् । आरोग्यबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । यश वर्चश्व बढ्ने समय छ ।

वृश्चिक – बाध्यतापूर्ण कामको बोझ थपिन सक्ने समय छ । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । विवादमा पर्नुबाट बच्न विशेष प्रयत्न गर्नु उचित हुनेछ । प्रेमभाव बढ्नेछ भने मिहिनेतले रोकिएको काम अघि बढाउन सकिनेछ । आरोग्यता रहनेछ ।

धनु – आश मारेको काम बन्ने लक्षणले उत्साह जगाउनेछ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । महत्वाकांक्षी योजना फलीभूत होलान् । काममा मातापिताको सहयोग प्राप्त हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागात्मक काममा आकर्षण रहने समय छ ।

मकर – दिन उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने योग छ । सकारात्मक क्रियाकलापका लागि ब्यस्तता बढ्न सक्छ । दायित्व निर्वाहमा अब्बल रहनुहुनेछ ।

कुम्भ – आजको दिन केही चुनौतीको सामना गर्नुपर्ला, तर प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा पनि प्रगति हुनेछ । प्रतिभाको कदर हुने समय छ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मीन – लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोतसमेत बढ्ने दिन छ । पारिवारिक आवश्यकता पूर्ति होला । श्रमको उचित मूल्यांकन हुनेछ । स्वास्थ्य केही प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ । मिठो भोजन प्राप्त हुनेछ । सुख विलास पनि वृद्धि हुने देखिन्छ ।