हिमालयन रिइन्स्योरेन्स लिमिटेडको अर्को उपलब्धि

हिमालयन रिइन्स्योरेन्स लिमिटेडको अर्को उपलब्धि


हिमालयन रिइन्स्योरेन्स लिमिटेडले एकपछि अर्काे उपलब्धि हासिल गर्ने क्रमलाई निरन्तरता दिएको छ ।

भारतको नियमनकारी निकायबाट भारतको पुनर्बीमा प्राप्त गर्न स्वीकृति पाएकोे पहिलो वर्षमा नै विश्वविख्यात पुनर्बीमा कम्पनी जिआइसी रि (GIC Re) को पुनर्बीमा ट्रिटीमा हिस्सा प्राप्त गर्न कम्पनी सफल भएको बताइएको छ ।

स्थापनाको चौथो वर्षमा सञ्चालनमा रहेको निजी क्षेत्रबाट प्रवर्द्धित कम्पनीप्रति जिआइसी रि (GIC Re) जस्तो विश्वविख्यात कम्पनीले देखाएको विश्वासले कम्पनीलाई आगामी दिनमा अन्य देशमा समेत व्यवसाय विस्तार गर्न हौसला प्रदान गरेको कम्पनीले विज्ञप्ति जारी गरेर जानकारी गराएको छ ।

ज्ञातव्य छ, हिमालयन रिइन्स्योरेन्स लिमिटेडले भारतसहित अन्य ३० भन्दा बढी मुलुकहरुमा व्यवसाय विस्तार गर्न सफल भएको छ ।