आजको पञ्चाङ्ग एवम् राशिफल (२५ जेठ २०८१ शुक्रबार, ७ जुन २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (२५ जेठ २०८१ शुक्रबार, ७ जुन २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८१ ज्येष्ठ २५ गते तद्अनुसार सन् २०२४ जुन ७ तारिख शुक्रबार ज्येष्ठ शुक्ल प्रतिपदा तिथि मृगशिरा नक्षत्र शूल योग किंस्तुघ्न करण ०ः५४ पर बालब करण आनन्दादिमा मानस योग चन्द्रमा वृष राशिमा ८ः३४ बजेसम्म त्यसपछि मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१० मा भयो र सूर्यास्त साँझ १८ः५७ बजे हुनेछ । दशहरास्नानारम्भ, गोसाइँकुण्डस्नानारम्भ ।

आजको राशिफल

मेष – परिश्रमअनुसार उपलब्धि पनि राम्रै हातपर्ने समय छ । रोकिएका काम पुनः सुरु हुनाले मन शान्त र सन्तुष्ट रहला । व्यापारिक वा दैनिक काम सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । धनलाभको योग छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । नजिकका मित्रजन सहयोगी बनेर देखापर्न सक्छन् ।

वृष – समय राम्रो भएपनि आज खर्च बढ्ने र कतै विवाद हुन सक्ने भएकोले बोली र व्यवहारमा विशेष सतर्कता अपनाउनु उचित हुनेछ । शत्रुजन वा प्रतिष्पर्धी सक्रिय हुनेछन् । खर्च बढ्न सक्ने योग छ । आजको दिन आर्थिक कारोबार सकभर नगर्नु उचित हुनेछ । सबल स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । सन्तानपक्षबाट सुख मिल्नेछ भने आफन्तजनले सघाउने छन् । बौद्धिक कार्यमा सफलता मिल्नेछ ।

मिथुन – दिन शुभदायी छ । पढाइलेखाइमा प्रगति होला । धनलाभको योग छ । तपाईंको प्रतिभाले धेरैलाई प्रभावित गर्न सक्छ । महत्वपूर्ण कार्य केही ढिलै भए पनि अन्ततः सफल हुनेछ । मिठो भोजन प्राप्त होला । बौद्धिकता र रचनात्मकता बढ्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुने र समष्टिमा दिन मनोरञ्जनात्मक रहनेछ ।

कर्कट – व्यस्तता केही बढेपनि समय तपाईंकै पक्षमा हुने देखिन्छ । आयआर्जनको दृष्टिले राम्रो दिन छ । केही नयाँ काम गर्नको लागि परिवारजनको उचित सल्लाह-सहयोग आउला । धनलाभको योग छ । मिठो भोजन प्राप्त होला । कर्मबल बढ्नाले रोकिएको काम अघि बढ्ने दिन छ । रसरागमा आकर्षण रहला ।

सिंह – आजको दिन हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा बित्ने देखिन्छ । नयाँ काम मिल्ने तथा धन आर्जनको अवसर जुर्ला । रमणीय र सुखद यात्राको योग छ । कृषिजन्य कामबाट विशेष लाभ हुनसक्छ । मिठो भोजन प्राप्त हुनेछ भने रसरागमा आकर्षण बढ्नेछ । सामाजिक काममा मन जाला, जसले प्रतिष्ठा दिलाउनेछ । बौद्धिक एवम् कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – आजको दिन खास सफलतादायी नरहला । अरूको भर पर्दा काममा धोका हुन सक्छ । कतै यात्रागत कार्यको योजनामा हुनुहुन्छ भने स्थगन गर्नु हितकर हुनेछ । व्यर्थको खर्च हुने योग छ । स्वास्थ्यमा गडबडीकोे सम्भावना रहेकोले खानपानमा सजक रहनुहोला । मित्रजन सहयोगी बनेर देखापर्नेछन् ।

तुला – बन्न लागेको काम बिग्रन गइ मन चिन्ताग्रस्त हुन सक्छ । ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । महत्वपूर्ण कार्यमा दुविधाको भाव पैदा हुन सक्छ । विशेष योजनालाई आजका लागि स्थगन गर्नु नै उचित हुनेछ । मातृधनको उपयोगबाट लाभ उठाउन सकिने समय छ । साहसिक काममा आकर्षण रहला ।

वृश्चिक – दौडधुप बढेपनि कठोर मिहिनेतले रोकिएको काम बन्ने समय छ । सामर्थ्य वृद्धि हुनेछ । अध्ययन/अध्यापन कार्यमा प्रगति होला । सन्तान पक्षबाट खुशीको समाचार सुन्न पाइनेछ । आजको दिन खर्च भन्दा कमाई नै बढी हुने देखिन्छ । धन आर्जनका नयाँ बाटा खुल्ने योग छ । मिठो भोजन प्राप्त हुनेछ । शत्रुपक्ष परास्त हुनेछ ।

धनु – कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने आजको दिन शुभदायी छ । काममा जोशजाँगर बढ्नेछ । सोचेका कामहरु सजिलैसँग बन्नेछन् । विलासी कार्यमा आकर्षण रहला । दाम्पत्यसुख बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । कलासम्बन्धी गतिविधि तथा गीतसंगीतमा आकर्षण रहला ।

मकर – समय खासै राम्रो छैन । पेशागत रुपमा समस्या देखिन सक्छ । घरपरिवारमा पनि केही मनमुटाको परिस्थिति सिर्जना हुन सक्छ, सचेत रहनुहोला । वादविवादबाट पर रहनु हितकर हुनेछ । तथापि साहस वृद्धि हुनेछ भने कर्मबल बढेको अनुभूति हुनेछ । आफ्नो दायित्व निर्वाहमा सफल रहनुहुनेछ ।

कुम्भ – मनमा दुविधाग्रस्त रहनसक्ने दिन छ । नयाँ कामको सुरुवात खासै राम्रो नहोला । नियमित कार्यमा पनि हैरानी बढ्न सक्ने समय छ । व्यावसायिक कार्यमा घाटा सहनुपर्ने योग छ । प्रेमभाव बढ्नेछ भने मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मीन – व्यस्तता बढ्नेछ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ । दाजुभाइको सहयोग र समर्थन प्राप्त हुनेछ भने आफन्तको साथ मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । सुख–सुविधाको बस्तु हासिल होलान् । सुख विलास पनि बढ्नेछ । समस्याको समाधान मिल्नेछ ।