एघार मुलुकका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

एघार मुलुकका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय


सरकारले विभिन्न एघार मुलुकका नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका गरी ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय भएको छ ।

फिर्ता बोलाइँदै गरेका राजदूतहरुमा शंकरप्रसाद शर्मा (भारत), प्राध्यापक श्रीधर खत्री (अमेरिका), ज्ञानचन्द्र आचार्य (बेलायत), सलिन नेपाल (पोर्चुगल), कान्ता रिजाल (इजरायल), ज्योति प्याकुरेल भण्डारी (दक्षिण कोरिया), नवराज सुवेदी (साउदी अरब), डिल्लीराम पौडेल (मलेसिया), प्राध्यापक रामस्वार्थ राय (डेनमार्क), शर्मिला पराजुली (स्पेन) र नरेशविक्रम ढकाल (कतार) रहेका छन् ।

photo: rss