✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८१ ज्येष्ठ २६ गते तद्अनुसार सन् २०२४ जुन ८ तारिख शनिबार ज्येष्ठ शुक्ल पक्षको द्वितीया तिथि आर्द्रा नक्षत्र गण्ड योग तैतिल करण आनन्दादिमा मुद्गर योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१० मा भयो र सूर्यास्त साँझ १८ः५७ मा हुनेछ ।
आजको राशिफल
मेष – परोपकारकारका क्षेत्रमा मन आकर्षित हुने समय छ । पराक्रम बढ्नेछ । मिष्ठान्न भोजनको अवसर मिल्ला । मित्र एवम् प्रियजनसँग विशेष भेटघाट होला । व्यापारबाट राम्रै आम्दानी हुनसक्छ । नसोचेको काम बन्ने योग छ । यात्रामा सफलता प्राप्त हुनेछ । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।
वृष – भौतिक साधनको क्षतिले अनावश्यक धननाश हुनसक्ने दिन छ । सवारीसाधन चलाउँदा विशेष सजगता अपनाउनुहोला । स्वास्थ्यका लागि खानामा सचेत रहनुपर्नेछ । अनावश्यक झमेलामा पर्ने योग रहेकोले यात्राको क्रममा सावधान रहनुहोला । रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान प्राप्त होला । परिवारिक सुख र उत्साह बढ्नेछ ।
मिथुन – आजको दिन ठुला ब्यक्तिसँग भेटघाट हुन सक्छ । काम रोकिए पनि अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन् । अनौठो खबर सुन्न पाइने योग छ । आरोग्यता रहनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त होला । समस्याको समाधान प्राप्त हुनेछ ।
कर्कट – पुराना तथा थाती रहेका कामहरु सम्पन्न हुन सक्ने दिन छ । आयआर्जन होला । कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ । डुबेको धन फिर्ता हुनसक्ने योग छ । मित्रजनको सहयोगले मन हर्षित रहला । लाभदायी कार्यमा लगानी बढ्नेछ । रसरागमा आकर्षण रहला ।
सिंह – आज महत्वपूर्ण तथा कुनै पनि नयाँ काम नथाल्नुहोला । रमाइलो यात्राको योग छ । लेनदेको काम आज नगरेकै बेश हुनेछ । घरमा पाहुना आगमनको सम्भावना छ । आय बढ्नेछ । रसरागको काममा आकर्षण बढ्ला । मित्रजनको साथ मिल्नेछ । कलात्मक काममा सफल होइनेछ ।
कन्या – सानातिना काममा महत्वपूर्ण समय बित्नेछ । आजको दिन स्वास्थ्यका लागि खानामा ध्यान पु¥याउनुहोला । धनको नाश हुन सक्ने योग रहेकोले विशेष सचेतनाको दरकार छ । दाम्पत्य सम्बन्ध तथा प्रेममा पनि धोका हुन सक्छ । सहयोगीहरूको साथ दिए पनि काम पूरा नहुने सम्भावना छ । कार्यगति बढ्नेछ भने समस्याको समाधान मिल्नेछ ।
तुला – दिन राम्रो छ । उन्नतिको अवसर प्राप्त होला । मन हर्षित रहनेछ । स्वास्थ्य सबलताका लागि आहारविहारमा विशेष सतर्क रहनु हितकर हुनेछ । महत्वपूर्ण काम गर्दै हुनुहुन्छ भने आज थाती राख्नु उपयुक्त हुनेछ । साहसिक काममा आकर्षण बढ्नेछ ।
वृश्चिक – दिन मिश्रित फलदायी रहनेछ । कृषिक्षेत्रमा अलिक बढी लगानी र परिश्रम गर्नुपर्ला । परिवारजनका इच्छा पूरा गर्न सकिनेछ । अध्ययन/अध्यापनमा सफलता पाउने तथा धर्ममा रुचि बढ्नेछ । मातापितासँगको भेटघाटले मनमा हर्ष उल्लास बढाउला । रोकिएको काम मिहिनेतले बन्नेछ । आरोग्यता रहनेछ ।
धनु – दिन शुभदायी छ । विपरितलिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुनेछ । काम गर्नमा जाँगर थपिने देखिन्छ । व्यापारमा फाइदा र धनलाभको योग छ । पारिवारिक सुख पनि मिल्ला । प्रेमभाव र सुख बढ्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।
मकर – आजको दिन खासै उत्साहजनक नरहन सक्छ । ब्यर्थै समयको नाश होला । शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ, तर सफलता भने प्राप्त हुने छैन । काममा अवरोध सिर्जना गर्नेहरु सक्रिय हुनेछन् भने विश्वास गरेकै व्यक्तिबाट धोका हुनसक्ने योग छ । उदासिनता बढ्न सक्छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
कुम्भ – स्वास्थ्यका दृष्टिकोणले राम्रो समय भएपनि आजको दिन मनमा दुविधा रहनसक्छ । सामाजिक काममा नाम रहने छ तर जागिरमा भने सजक रहनु हितकर होला । व्यवसायमा आर्थिक लाभ हुनेछ भने कामको प्रशंसा भइ मान पनि पाउन सकिन्छ । प्रेमभाव वृद्धि होला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।
मीन – व्यस्तता वृद्धि हुनेछ भने प्रेम र मित्रताको बन्धन कसिने दिन छ । विभिन्न सहयोग र उपहार प्राप्त होला । सुखद एवम् मनोरञ्जनात्मक यात्राको योग पनि रहेको छ । काम बन्नाले मन रमाृउला । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । आफन्तको साथ मिल्नेछ । सुख विलास पनि बढ्नेछ ।
प्रतिक्रिया