एमाले नुवाकोटको अध्यक्षमा मैनाली

एमाले नुवाकोटको अध्यक्षमा मैनाली


नेपाल कम्युनिष्ट पार्टी (एमाले) नुवाकोटको अध्यक्षमा बद्री मैनाली दोहोरिएका छन् । पार्टीको आठौँ जिल्ला अधिवेशनअन्तर्गत शुक्रबार (२५ जेठ) भएको विद्युतीय मतदानमा मैनाली दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

पाँचसय ९२ मतमध्ये उनले तीनसय ४५ मत प्राप्त गरे । उनका प्रत्यासीद्वय बुद्धिबहादुर प्रधानले दुईसय ३७ र माधवप्रसाद तिवारीले दश मत प्राप्त गरे । प्रमुख निर्वाचन अधिकृत रामकृष्ण खड्काका अनुसार उपाध्यक्षमा राजेन्द्ररमण खनाल, सचिवमा शिव चित्रकार, उपसचिवद्वय रुपा सापकोटा र राजेन्द्रप्रकाश पाण्डे निर्वाचित भएका छन् ।

गत बुधबारदेखि सुरु आठौँ जिल्ला अधिवेशनमा विभिन्न ३१ पदमा ८४ जना उम्मेदवार विजयी चएका छन् । कुल २८ जना सर्वसम्मत निर्वाचित भएका थिए । अधिवेशनमा कुल छ सय १७ जना प्रतिनिधिको सहभागिता थियो ।

photo: rss