आजको पञ्चाङ्ग एवम् राशिफल (२८ जेठ २०८१ सोमबार, १० जुन २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (२८ जेठ २०८१ सोमबार, १० जुन २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८१ ज्येष्ठ २८ गते तद्अनुसार सन् २०२४ जुन १० तारिख सोमबार ज्येष्ठ शुक्ल पक्षको चतुर्थी तिथि तिष्य नक्षत्र ध्रुव योग बब करण आनन्दादिमा धाता योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः९ मा भयो र सूर्यास्त साँझ १८ः५८ मा हुनेछ ।

आजको राशिफल

मेष – कामबाट फुर्सद मिल्ने र मनोरञ्जनयुक्त समय छ । मनमा प्रसन्नताका साथै नियमित कर्ममा जाँगर बढ्ला । व्यापार एवम् रोजगारीका क्षेत्रमा लाभ मिल्ने योग छ । मिठो भोजन प्राप्त होला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । अनुकूलता वृद्धि हुनाले रोकिएको काममा सफलता मिल्नेछ । आमोदप्रमोदमा रम्ने माहोल बन्ला ।

वृष – व्यवसायमा थप लगानी बढाउन सकिने समय छ । काममा मन लाग्नेछ भने अप्रत्याशित लाभ हुने देखिन्छ । नयाँ कामका स्रोत फेलापर्ने योग छ । शुभ समाचार प्राप्तिले आनन्द वृद्धि हुनेछ । बौद्धिक तथा रचनात्मक काममा सफलता र पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ । सफलताले उत्साह बढ्ने देखिन्छ ।

मिथुन – अनावश्यक झमेलामा पर्न सकिने समय छ । पीडा दिनेहरु सक्रिय हुन सक्छन्, सावधान रहनुहोला । स्वास्थ्य कमजोर रहन सक्ने योग भएकोले विशेष ख्यालको दरकार छ । खानपानमा सावधान रहनु हितकर होला । खर्च वृद्धि हुन सक्छ, नियन्त्रणको प्रयास गर्नु उचित हुनेछ । रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । कुनैपनि समस्याको समाधान प्राप्त हुनेछ ।

कर्कट – अन्नको काममा लाभ हुने दिन छ । कृषिकर्ममा विशेष लाभ होला । पशुधन र जमिनबाट पनि फाइदा नै हुने देखिन्छ । रमाइलो तरिकाले काम गर्न पाइने समय छ । आरोग्यता रहला । समस्यामा साथीभाइको सहयोग प्राप्त हुनेछ । रसरागमा आकर्षण र खेलकुदका क्रियाकलापमा रुचि बढ्ने समय छ ।

सिंह – दिन शुभदायी नै छ । आर्थिक क्षेत्रमा उन्नति हुनेछ भने नसोचेको ठाउँबाट धनलाभ भइ मन हर्षित रहला । सोचेभन्दा बढी नै लाभ हुने योग छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन जानेछ । रसरागको भाव वृद्धि होला । रसरागमा आकर्षण बढ्नेछ । बौद्धिक तथा रचनात्मक कार्यमा सफल रहनुहुनेछ ।

कन्या – शुभता बढ्ने र आयबल वृद्धि हुने समय छ । घरपरिवारबाट सुखशान्ति मिल्ला । धनलाभ हुने तथा फलदायी यात्राको योग छ । आफन्त एवम् मित्रजनको साथले कुनैपनि समस्याको समाधान मिल्नेछ । कार्यगति बढ्ला ।

तुला – ब्यर्थको खर्चले मन पिरोल्ला । सोच्दै नसोचेको ठाउँमा आर्थिक ब्यय हुनसक्ने योग रहेकोले विशेष सजगता अपनाउनु हितकर हुनेछ । मनमा अनावश्यक चिन्ता बढ्न सक्छ । प्रतिकुलताका बाबजुद कर्मबल वृद्धि हुने देखिन्छ । मिठो भोजन प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव रहनेछ ।

वृश्चिक – आजको दिन मिश्रित फलदायी रहला । प्रियजनसँगको भेटले मन प्रफुल्ल रहनेछ भने काममा जाँगर बढ्नेछ । तथापि, लेनदेनमा विवादको योग रहेकोले संयम भइ व्यवहार गर्नु उचित हुनेछ । प्रतिष्पर्धी अलिक भारी पर्नसक्ने समय रहेकोले सावधान रहनुहोला । योजना र बजेट बनाएर मात्र खर्चालु क्रियाकलापमा संलग्न रहनु हितकर होला ।

धनु – दिन राम्रै छ । आर्थिक दृष्टिले शुभ समय छ भने नयाँ कामका उत्साहवर्द्धक योजनाहरू बन्ने योग छ । व्यापारमा सफलता मिल्नेछ । यात्रागत कार्य फलदायी रहला । मित्रजनको साथ रहनेछ । दौडधुप केही बढ्न सक्छ । बौद्धिक तथा रचनात्मक कार्य बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर – अधुरा योजना अघि बढ्ने समय छ । नोकरी एवम् राजनीतिक क्रियाकलापमा सफलता मिल्नेछ । नयाँ कामका योजनाहरु बन्नेछन् । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला । प्रेमभाव बढ्नेछ । दायित्व पूरा गर्नुहुनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कुम्भ – कर्मबल वृद्धि हुनाले काममा रुचि बढ्ने र आर्थिक क्षेत्रमा राम्रै प्रगति हुने समय भएपनि आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्छन् । कसैसँग विवादको सामना गर्नुपर्ने योग रहेकोले बोली र व्यवहारमा सजगता अपनाउनु हितकर हुनेछ । चोटपटकबाट बच्न विशेष सावधानी अपनाउनुपर्ने दिन छ । साहस वृद्धि हुनेछ, रचनात्मक कार्य पनि बन्नेछ ।

मीन – स्वास्थ्यका दृष्टिकोणले राम्रो समय छ । व्यापारमा सफलता पाउने, यात्रामा रमाउने र भेटघाटमा सहयोग प्राप्तिको योग छ । प्रेमभाव वृद्धि र मिठो भोजन प्राप्त हुनेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । साझेदारीको काम बन्नेछ । मान सम्मान मिले पनि मनमा कता–कता डरले सताउन सक्छ ।