वीरका निर्देशक पौडेल अल्का फार्मेसीका अध्यक्ष !

वीरका निर्देशक पौडेल अल्का फार्मेसीका अध्यक्ष !


चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेल अल्का हस्पिटल फार्मेसी प्रालिका अध्यक्ष रहेको खुल्न आएको छ । वीरको निर्देशकले निजी अस्पताल वा फार्मेसी सञ्चालन गर्न पाइन्न । तर, निर्देशक पौडेलले फार्मेसीका अध्यक्ष भएर पनि माथिल्लो शक्तिको आडमा यो सुविधा पाएका हुन् ।

वीरका कर्मचारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी गरेका छन् । एक कर्मचारीले भने, ‘वीरको सञ्चालन नियमावलीमा निर्देशक हुन कुनै पनि प्रकारका अस्पताल र फार्मेसी सञ्चालकले पाउँदैनन्, तर डा. पौडेल भने आफू अल्का अस्पताल फार्मेसीको अध्यक्ष भएर पनि वीरको निर्देशक भएका छन् ।’

वीरका कर्मचारीले निर्देशक डा. पौडेलले वीरको निर्देशक छोड्नुपर्ने वा अल्का फार्मेसीको अध्यक्षबाट हट्नुपर्ने माग राखेका छन् ।