प्रधानमन्त्री प्रचण्डसँग भारतीय विदेशमन्त्रीको भेटवार्ता

प्रधानमन्त्री प्रचण्डसँग भारतीय विदेशमन्त्रीको भेटवार्ता


भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डसँग भारतका विदेशमन्त्री एस. जयशङ्करले शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा नेपाल र भारतबीच रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री प्रचण्ड र विदेशमन्त्री जयशङ्करबीच विगतमा दुई देशबीच भएका समझदारी एवं सम्झौताहरूको कार्यान्वयन बारेमा समेत छलफल भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्ड आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन आइतबार नयाँ दिल्ली प्रस्थान गरेका थिए । भारतीय राष्ट्रपति द्रोपदी मुर्मुले राष्ट्रपति भवनको प्राङ्गणमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री मोदीलाई तेस्रो कार्यकालका लागि पद तथा गोपनीयताको शपथ गराएका थिए ।

आइतबार साँझ प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीबीच भेटवार्ता भएको थियो । प्रधानमन्त्री प्रचण्ड शपथग्रहण समारोहमा सहभागी हुन आइतबार नयाँदिल्ली प्रस्थान गरेका थिए । प्रधानमन्त्री आज (२८ जेठ) स्वदेश फर्कने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।