प्राइम सहकारी घोटला : डेढ अर्बबढी बिगो माग

प्राइम सहकारी घोटला : डेढ अर्बबढी बिगो माग


कास्की पोखराको प्राइम बहुउदेश्यीय सहकारीको रकम हिनामिनामा ६६ जनाविरुद्ध कास्की अदालतमा मुद्धा दायर भएको छ । १ अर्ब ५७ करोड रुपैयाँ बिगो माग गर्दै जिल्ला सरकारी वकीलको कार्यालयले मुद्धा दायर गरेको हो ।

यो सहकारी ठगी प्रकरणमा ९ जना पक्राउ परिसकेका छन् ।

प्रहरीका अनुसार हालसम्म सहकारीका सञ्चालक समितिका अध्यक्ष शंकर कार्की, पूर्वअध्यक्ष निदेशप्रसाद कोइराला, पूर्वकोषाध्यक्ष कुलदीप भट्टराई, कर्जा विभाग प्रमुख सुनील थापा, मिटरव्याजी मनबहादुर गुरुङ, उत्तम गुरुङ पक्राउ परेका हुन् भने अन्य फरार छन् ।