आमाको हत्या गर्ने छोरा पक्राउ

आमाको हत्या गर्ने छोरा पक्राउ


भोजपुरमा आमाको हत्या गर्ने छोरा पक्राउ परेका छन् ।

६८ वर्षीया निरकुमारी तामाङको खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा अरूण गाउँपालिका-४ ल्याङडाँडा चरम्बी बस्ने ३४ वर्षीय मिलन तामाङलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उता कास्कीको पोखरामा नेपाली सेनामा भर्ति गराउने भन्दै आर्थिक ठगी गरेका एक युवा पक्राउ परेका छन् ।

सेनामा भर्ति गराइदिन्छु भन्दै नगद १ लाख ७० हजार रूपैयाँ ठगी गरेको अभियोगमा पोखरा महानगरपालिका–५ पर्स्याङ बस्ने २७ वर्षीय घर्मराज थापालाई प्रहरीले पक्राउ गरेको हो ।

थापाले आफूलाई पोखरामा रहेको आर्मी फिटनेस सेन्टरको संचालक बताउँदै नेपाली सेनाको माथिल्लो तहका हाकिमलाई चिनेको भनी बाग्लुङ घर भएका १९ वर्षीय युवकलाई नेपाली सेनामा भर्ती गराइदिन्छु भनि झुठ्ठा आश्वासन दिएर उक्त रकम ठगी गरेको प्रहरीले जनाएको छ ।