आजको पञ्चाङ्ग एवम् राशिफल (२९ जेठ २०८१ मंगलबार, ११ जुन २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (२९ जेठ २०८१ मंगलबार, ११ जुन २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८१ ज्येष्ठ २९ गते तद्अनुसार सन् २०२४ जुन ११ तारिख मंगलबार ज्येष्ठ शुक्ल पञ्चमी तिथि अश्लेषा नक्षत्र व्याघात् योग बब पर कौलव करण आनन्दादिमा आनन्द योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः९ मा भयो र सूर्यास्त साँझ १८ः५८ मा हुनेछ ।

आजको राशिफल

मेष – विभिन्न अवसर पाइने तथा कीर्तिमानी काम सम्पादन हुनसक्ने दिन छ । पारिवारिक भेटघाट होला । टाढिएका आफन्तहरू नजिकिनेछन । तथापि, बिल्कुल नयाँ कामको सुरुवात भने खासै राम्रो नहोला । प्रेमभाव बढ्नेछ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।

वृष – पराक्रम बढ्ने समय छ । सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण रहला । सामाजिक काममा रुचि बढ्नेछ । पढाइलेखाइमा प्रगति हुनेछ भने बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सघाउनेछ । तपाईंका सदासयी कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । आरोग्यता रहनेछ । आर्थिक कार्यमा सफलता मिल्ने योग छ । परिवारिक सुख बढ्नेछ ।

मिथुन – एउटै कामबाट दोहोरो लाभ मिल्ने समय छ । आज विशेष योजनाहरू बन्न सक्छन्, ती योजनाले भविष्यमा सार्थकता पाउनेछ । पढाइलेखाइमा प्रगति होला । आत्मीयजनसँग भेटघाट हुने योग छ । सरसफाइ, वागबगैंचा सम्बन्धी काममा आकर्षण रहनेछ । मिठो भोजन प्राप्त हुनेछ । शत्रुपक्ष परास्त हुनेछ । समस्याको समाधान प्राप्त होला ।

कर्कट – नियमित कामलाई निरन्तरता दिन सकिएपनि नयाँ काममा हात हाल्दै हुनुहुन्छ भने केही समय पर्खंनु उचित हुनेछ । पीडा दिनेहरु आजको दिन सक्रिय रहन सक्छन्, सावधान रही व्यवहार गर्नुहोला । केही कामका अवसर फुत्कने सम्भावना छ, सचेत रहनुहोला । स्वास्थ्य सबल रहनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – लगनशीलताले राम्रै उपलब्धि दिलाउने दिन छ । प्रतिभा देखाएर अवसर हातपार्न सकिएला । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रै लाभ हासिल हुने देखिन्छ । बाह्य दौडधुप नगरीकन विभिन्न काम सम्पादन गर्न सकिने समय छ । मित्रजनको साथ रहनेछ भने लगानी वृद्धिको सम्भावना छ । बौद्धिक काममा सफलता मिल्नेछ ।

कन्या – मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्ने समय छ । काममा मातापिताको सहयोग प्राप्त होला । भौतिक साधन जुट्नेछन् भने व्यापारमा फाइदै हुनेछ । पशु व्यवसायबाट लाभ होला । आयबल बढ्नेछ । प्राकृतिक पर्यावरणमा रमाउने दिन छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

तुला – कर्मबल वृद्धि हुनेछ । अरूलाई प्रभावित पारेर काम लिन सकिने समय छ । मेहनतले राम्रै सफलता दिलाउला । व्यवसायका लागि यात्राको सम्भावना छ । रसरागको भाव वृद्धि तथा दाम्पत्यजीवन सुखद रहला । लामो यात्राको प्रक्रिया अघि बढ्ने योग छ । व्यापारमा सफलता प्राप्त होला ।

वृश्चिक – व्यक्तिगत तवरमा सामर्थ्य वृद्धि भएपनि सहयोगीहरूले हात झिक्नाले केही समस्या आइपर्नसक्ने समय छ । अस्वभाविक प्रलोभनले अप्ठ्यारोमा पार्न सक्छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्ने देखिन्छ । स्वास्थ्य केही कमजोर रहला । खर्च वृद्धिको योग छ । मिठो भोजन प्राप्त हुनेछ । रचनात्मक कार्यमा सफलता प्राप्त हुनेछ ।

धनु – दौडधुप वृद्धि हुनेछ । उत्साहजनक समाचारले हर्ष बढ्ने दिन छ, तर लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नमिलेको अनुभूति होला । चिताएको काम पुरा नहुन सक्छ । मिठो भोजन प्राप्त होला । बौद्धिक र रचनात्मक काम बन्नेछ ।

मकर – आश मारेको काम बन्नाले आजको दिन उत्साहपूर्ण रहन सक्छ । तार्किक क्षमता बढ्नेछ ।सानो प्रयत्नले ठूलो काम सम्पादन होला । आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । रसरागमा आकर्षण रहला । सन्तानसुख बढ्नेछ ।

कुम्भ – आजको दिन धार्मिक अनुष्ठान र मंगलमय काम सम्पादन हुन सक्छन् । व्यवसायमा लाभ होला । फाइदाजनक कार्यमा मन जाला । अवसरले पछ्याउनेछन् भने बोलीको प्रभाव पनि बढ्नेछ । गुरुजनको विशेष सहयोग जुट्ने योग छ । आरोग्यता रहला । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मीन – दिन खासै उत्साहजनक नरहला । निश्चय भएको काम अचानक बिग्रन सक्छ । साथीभाइबाट धोका मिलेको अनुभूति होला । आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन् । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि खासै राम्रो छैन । महत्वपूर्ण कार्यमा गोपनीयता अपनाउने प्रयत्न गर्नु हितकर हुनेछ ।