काठमाडौं

काठमाडौं


यो शहर !
मेरो सपनाको शहर !!
शहरमा स्थापित हुने ठुलो रहर !
आज भयो शहर कहालीलाग्दो कहर !!

ऊफ् ! ऊफ् !! ऊफ् !!!
यो शहरमा स्थान जमाउन के के मात्र गरिएन !!
आजसम्म आकाङ्क्षाको भाँडो भरिएन !
हिजो इच्छालाई हामीले निल्यौँ ।।

यो शहरमा पलाएको इच्छाले !
आज आकाङ्क्षा राख्नेलाई नै निल्दै ओकल्दै छ ।।
आज हामी यो शहरको छाद बन्दैछौँ ।
शरीर भरी अत्तर छरेर आफैलाई शहरिया भन्दैछौँ ।।

यो शहरमा रैथाने अझै छन् ।
तिनिहरु हामीलाई अझैसम्म पाखे भन्दैछन् ।।
अब त रैथाने नै पाखा लागिसकेका छन् ।
कुपको पानी खान पाखाबाट अझै शहर धाउँदैछन् ।।

यो शहरले तान्ने मात्रै होइन !
धेरै धकल्दो पनि रहेछ कहिलेकाहीँ ।।
धकलिएर पनि फेरि तानिएको म चाहिँ ।
तान्नेले अझै उपल्तिर धकल्न सक्छ कहिलेकाहीँ ।।

आजसम्म म यो कुपमा गाडिएको छु ।
कहिलेकाहीँ विरक्तिले भाँडिएको पनि छु ।।
टुक्राटुक्रा भएर कहिले शहर त कहिले गाउँमा बाँडिएको छु ।
शहरले धेरै धेरै खुवाएर म त कहिलेकाहीँ लहडिएको छु ।।