कम्बोडिया, न्युजिल्याण्ड, फ्रान्स पठाउने गिरोह : ३ सय जनाबाट १५ करोड ठगी

कम्बोडिया, न्युजिल्याण्ड, फ्रान्स पठाउने गिरोह : ३ सय जनाबाट १५ करोड ठगी


कम्बोडिया, न्युजिल्याण्ड, फ्रान्ससमेतका देशमा रोजगारीका लागि पठाउने भन्दै ३ सय जनाबाट १५ करोड रुपैयाँबढी ठगीमा संलग्न एक गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यो गिरोहमा तीन जना संलग्न छन् ।

फेसबुक, म्यासेन्जर, ह्वाट्सएपसमेतका सामाजिक संजालमा रविन आले भगर, मनोजजङ थापा, महेश थापा नाममा नक्कली आइडी बनाएर चितवनको भरतपुरका राजकुमार भट्ट (२८), कास्कीको माछापुच्छ्र्रेका नविन बिक (२२) र कास्कीको पोखराका पवन पन्त (२३) ले ३ सय जनालाई ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रविन्द्र रेग्मीले जानकारी दिए ।

यो समूहले विदेश जान चाहने युवाहरुले सुरुमा केही रकम जम्मा गरिदिएपछि प्रकृयामा रहेको भन्ने विश्वास दिलाउन नक्कली भिषा, वर्क परमिट, होटल बुकिङ, प्रहरी रिपोर्ट अनलाइनबाट पठाएर प्रति व्यक्ति ५ लाखदेखि १० लाख रुपैयाँसम्म ठगी गर्ने र सम्पर्कमा नआउने गरेको थियो । प्रहरीमा यसरी पीडित बनेका १५ जना युवाले उजुरी गरेपछि कार्यालयले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।