एमाले काठमाडौंको अध्यक्षमा दीपक निरौला निर्वाचित

एमाले काठमाडौंको अध्यक्षमा दीपक निरौला निर्वाचित


नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौं जिल्ला अध्यक्षमा पुनः दीपक निरौला निर्वाचित भएका छन् । तीन सय ७० मत प्राप्त गरी निरौला निर्वाचित भएका हुन् ।

अध्यक्षका अर्का प्रत्यासी निर्मल देउलाले एक सय ९१ मत प्राप्त गरे ।

अधिवेशन आयोजक कमिटीका सदस्य सरस्वति गौतमका अनुसार जिल्ला उपाध्यक्षमा विश्वराम सापकोटा, सचिवमा राजेश शाक्य र उपसचिव (खुला) मा उद्धव भण्डारी निर्वाचित भएका छन् । महिला उपसचिवमा विन्दु महर्जन सर्वसम्मत निर्वाचित भएकी छन् ।

यही जेठ २६ गतेदेखि जारी महाधिवेशनमा दुई सय २५ पदमध्ये एक सय ३० पदमा निर्विरोध निर्वाचित चयन भएको थियो । आज (२९ जेठ) ९५ पदका लागि मात्र निर्वाचन भएको हो ।