पूर्वन्यायाधीश गिरीलाई वैवाहिक बलात्कार मुद्दामा सात वर्ष कैद

पूर्वन्यायाधीश गिरीलाई वैवाहिक बलात्कार मुद्दामा सात वर्ष कैद


काठमाडौं जिल्ला अदालतले पूर्वन्यायाधीश भुवन गिरीलाई वैवाहिक बलात्कार मुद्दामा सात वर्ष कैद र रु तीन लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको छ ।

न्यायाधीश दुर्गा भुसालको इजलासले पूर्वजिल्ला न्यायाधीश गिरीलाई जबर्जस्ती करणीमा मुद्दामा सात वर्ष कैद र रु. तीन लाख क्षतिपूर्ति भराउने फैसला पनि सुनाएको हो ।

यसअघि सोही अदालतका न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले यही जेठ १३ गते पूर्वन्यायाधीश गिरीलाई बलात्कारको मुद्दामा दोषी ठहर गरेको थियो । आज (२९ जेठ) अदालतले सजाय र क्षतिपूर्ति निर्धारण गरेको हो ।

कपिलवस्तु जिल्ला अदालतमा कार्यरत हुँदा निजविरुद्ध प्रहरीमा जाहेरी परेपछि निलम्बन गरी उनलाई थुनामा राखिएको थियो।

file photo