आजको पञ्चाङ्ग एवम् राशिफल (३० जेठ २०८१ बुधबार, १२ जुन २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (३० जेठ २०८१ बुधबार, १२ जुन २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८१ ज्येष्ठ ३० गते तद्अनुसार सन् २०२४ जुन १२ तारिख बुधबार ज्येष्ठ शुक्ल षष्ठी तिथि मघा नक्षत्र हर्षण योग कौलव करण आनन्दादिमा चर योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः९ मा भयो र सूर्यास्त साँझ १८ः५८ मा हुनेछ । कुमारषष्ठी, भ.पु. भगवतीचण्डी यात्रा ।

आजको राशिफल

मेष – समय शुभदायी छ । धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिएला । आयआर्जनका नया स्रोतहरू थपिनेछन् भने कामको दायित्व पनि बढ्ने योग छ । विशेष सभा-समारोहमा भाग लिने अवसर जुर्ला छ । मानसम्मान मिल्नेछ । रोकिएको कामलाई पुनः प्रयास गर्ने समय छ ।

वृष – नयाँ उद्योग-धन्दाको थालनी गर्न सकिने तथा व्यापार–व्यवसायमा प्रगति हुने समय छ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । पढाइलेखाइमा पनि सुधार हुने देखिन्छ । उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने योग छ । मित्रभावका साथै पराक्रम वृद्धि होला । पारिवारिक समस्याको समाधान मिल्नाले आनन्दको अनुभूति हुनेछ । आफन्तजन नजिकिनेछन् ।

मिथुन – आजको दिन परिवारजनसँग आत्मीयता बढ्ने देखिन्छ तर आर्थिक अभावले सताउन सक्छ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिएला । विश्वास गरेकाले धोका दिन सक्छन्, होसियार रहनु हितकर होला । स्वादिष्ट भोजनको आनन्द मिल्ने योग छ । आरोग्यता रहनेछ । शत्रुपक्ष कमजोर बन्नेछ । यात्रामा सफलता प्राप्त होला ।

कर्कट – मिश्रित फलदायी दिन छ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा राम्रै फाइदा हुने देखिन्छ । दैनन्दिन कार्यमा केही उतारचढाव आउला । आर्थिक अभावले अलिक सताउने योग छ । स्वास्थ्य पनि खासै सबल नरहन सक्छ, ध्यान राख्नुहोला । विद्यार्थी वर्गका लागि चाहिँ अनुकूल समय छ । साथीभाइको सहयोग प्राप्त हुनेछ । प्रतिकुलताका बाबजुद रसरागमा आकर्षण बढ्ने समय छ ।

सिंह – चुनौतीहरू पन्साउँदै रोकिएका काम बनाउन सकिने समय छ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइनेछ । कुटुम्बको पनि सहयोग प्राप्त होला । व्यापार-व्यवसायमा विस्तार हुनेछ । ज्यादा सफलताका लागि धैर्यले काम लिने प्रयास गर्नुहोला । आरोग्यता रहला । भ्रमण एवम् रसरागमा आकर्षण बढ्नेछ ।

कन्या – बौद्धिक पक्ष सबल बन्नुका साथै मानसम्मान पाइने दिन छ । आयआर्जनका स्रोत बढ्नेछन् । गरेका कामबाट राम्रै लाभ हुने समय छ । रोकिएका काम सुरु हुन सक्छ । श्रमको उचित मूल्यांकन होला । सन्तान पक्षबाट सुख मिल्ने योग छ । समस्यामा आफन्तजनको साथ प्राप्त हुनेछ ।

तुला – आजको दिन आम्दानीका विभिन्न माध्यम फेलापर्न सक्छन्, तर रोजगारीमा बाधाका साथै प्रतिकूल स्थानान्तरण जस्ता समस्या आइपर्ने सम्भावना छ । मिठो भोजन प्राप्त हुनेछ । यशवर्चश्व बढ्नेछ । साहसिक काममा आकर्षण रहला । स्वास्थ्यले साथ दिनेछ ।

वृश्चिक – कर्मबल बढ्ने तथा रोकिएको काम बन्ने समय भएपनि धेरै परिश्रमबाट थोरै लाभ मिल्ने दिन छ । घरखर्च पनि बढ्नेछ । पति र पत्नीबीच असमझदारी बढ्न सक्छ, सचेत रहनुहोला । आयआर्जनको कमीले वादविवाद हुन सक्छ । मिठो भोजन प्राप्त गर्नुहुनेछ । पराक्रम देखिने कार्यप्रति आकर्षण बढ्ने देखिन्छ ।

धनु – आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । तर, स्वास्थ्यसम्बन्धी समस्याले केही सताउन सक्छ । विश्वास गरेका साथीभाइले धोका दिने र परिवारजनले समेत साथ नदिन सक्छन्, सावधान रहनुहोला । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त हुने योग छ ।

मकर – जोखिम र संघर्ष बढ्ने समय छ । तर, धर्मकर्म र समाजसेवामा विशेष लगाव बढ्ला । नयाँ ज्ञान प्राप्त होला । पढाइलेखाइमा प्रगति हुनेछ । कृषि र पशुपालनबाट विशेष फाइदा होला । यात्रागत कार्य सफल रहनेछ । सन्तान पक्षबाट पनि सुख मिल्नेछ । नियमकानूनले साथ दिनेछ ।

कुम्भ – चिताएको काम बन्ने देखिन्छ । कुटुम्ब वा आफन्तजनको सहयोगले विशेष फाइदा उठाउन सकिने समय छ । नयाँ काम बन्नेछ । परिश्रमको राम्रो मूल्यांकन हुुने योग छ । दाम्पत्यसुख बढ्नेछ । मिठो भोजन प्राप्त होला । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने समय छ ।

मीन – आजको दिन खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । तर, पारिवारिक समस्याहरू देखा पर्नेछन् भने मित्रजनसँग मनमुटाव हुन सक्छ । विश्वासमा पारेर धोका दिन सक्छन् । विद्यार्थीहरूमा पढाइलेखाइको स्तर खस्कनेछ । प्रतिकुलताको बाबजुद साहस बढ्नेछ । विवेकले काम लिने प्रयत्न गरे बिग्रन लागेको काम–कुरा पनि बन्न सक्नेछ ।