निरुत्तर जीवन

निरुत्तर जीवन


नजोडिएका भंगालाहरू,
बग्ने/बगाउने
नदी महान् कि
ठूलधारो ?
श्रृष्टि गरेर
आफैं भोग गर्न खोज्ने
भगवान कि
साधु ?
भोकालाई भोकले अझै तड्पाएर
नाङ्गालाई नग्नताले अझै लज्जित बनाएर
आँशु बाँडेर
गोर्खे लौरी लगाउँदै
शासन गर्ने शासक महान कि
सडकको माग्ने ?
सडकमा मोटर अडेको हुन्छ कि
मोटरमाथि सडक
गुडेको हुन्छ ?
परिवन्धले गल्ति गर्नेहरू
दोषी कि
नियतले ?
वर्तमानका यस्तै
यक्ष प्रश्नहरूको
निरुत्तर जीवन बाँचेर
हाँसिरहेको छ
हाम्रो पुस्ता ?

  • दिङ्ला, भोजपुर