आजको पञ्चाङ्ग एवम् राशिफल (३१ जेठ २०८१ बिहीबार, १३ जुन २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (३१ जेठ २०८१ बिहीबार, १३ जुन २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८१ ज्येष्ठ ३१ गते तद्अनुसार सन् २०२४ जुन १३ तारिख गुरुबार ज्येष्ठ शुक्ल सप्तमी तिथि पूर्वाफाल्गुणी नक्षत्र वज्र योग गर करण आनन्दादिमा गद योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१० मा भयो र सूर्यास्त साँझ १८ः५९ मा हुनेछ । कुमार यात्रा ।

आजको राशिफल

मेष – धार्मिक तथा सामाजिक काममा रुचि जाग्ने समय छ । आश मारेको काम बन्नाले उत्साह जाग्ला । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ । पारिवारिक भेटघाटको योग छ । टाढिएका आफन्तहरू नजिकिनेछन् । विशेष सभा–समारोहमा भाग लिने मौका मिल्ला । समग्रमा अनुकूलता वृद्धि हुने तथा रोकिएको काममा सफलता मिल्ने देखिन्छ ।

वृष – व्यस्तता बढ्नेछ । हिम्मतले काम लिने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । व्यापार–व्यवसायमा लगानी बढाउन सकिनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । पढाइलेखाइमा प्रगति हुनेछ । व्यापारमा हुनेहरुका लागि पनि अनुकुलता र विशेष लाभको योग छ । परिवारिक सुख र मिठो भोजन प्राप्त हुनेछ ।

मिथुन – समय शुभदायी छ । परिवारजनसँग आत्मीयता बढ्नेछ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिने देखिन्छ । आत्मीयजनसँग भेटघाट होला । आजको दिन सरसफाइ, समजसज्जा, वागबगैंचासम्बन्धी काममा आकर्षित होइएला । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । सुख-समृद्धिको आभास होला । पराक्रम वृद्धि हुनेछ । बुद्धिको उपयोगले प्रथिष्पर्धी तथा शत्रुपक्ष परास्त हुने योग छ । समस्याको समाधान प्राप्त हुनेछ ।

कर्कट – आजको दिन मिश्रित फलदायी रहला । व्यवसायमा केही उतारचढाव आउला । प्रेम र मित्रताको बन्धन कसिन सक्छ । अस्थायी पेसाबाट आकर्षक फाइदा हुने देखिन्छ । लापर्वाहीले कामको अवसर फुत्कने सम्भावना छ, सचेत रहनुहोला । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा राम्रै फाइदा हुने योग छ र पनि आर्थिक अभावले भने अलिक सताउन सक्छ । आरोग्यता रहनेछ । रसरागमा आकर्षण रहनेछ ।

सिंह – बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने देखिन्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिएला । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिने समय छ । धैर्यले काम लिने प्रयास गर्नु उचित हुनेछ । नाता-कुटुम्बको सहयोग प्राप्त होला । प्रयत्न गर्दा बेरोजगारलाई नोकरी प्राप्त हुने सम्भावना छ । रसरागको भाव वृद्धि होला । कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – व्यस्तता केही वृद्धि भएपनि कार्यगति बढ्नेछ । प्राकृतिक पर्यावरणमा रमाउने दिन छ । रोकिएका काम सुरु हुनेछन । दाम, इनाम र प्रतिष्ठा कमाउने मौका जुर्ला । मित्रता र प्रेमको बन्धन कसिन सक्छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्यांकन हुनेछ । सन्तान पक्षबाट सुख मिल्ने योग छ । पराक्रम बढ्ला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

तुला – प्रतिभा प्रदर्शन गरेर धेरैलाई प्रभावित तुल्याउन सकिने समय छ । टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिएला । आर्थिक उपार्जनका दृष्टिले समय उपयुक्त छ । आम्दानीका नयाँ माध्यम फेलापर्ने योग छ । पठनपाठनमा प्रगति होला । सन्तानपक्षबाट सुख मिल्नेछ । मिठो भोजन प्राप्त हुनेछ भने कार्य व्यपारमा सफलता प्राप्त होला ।

वृश्चिक – सामर्थ्य वृद्धि भइ रोकिएको काम बन्ने समय भएपनि सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिन सक्छ । धेरै परिश्रमबाट थोरै लाभ मिल्ने देखिन्छ । खर्च पनि केही वृद्धि होला । छरछिमेकमा केही असमझदारी बढ्ने सम्भावना छ तर समस्याको समाधान निस्कनेछ । नाता गाँस्नेहरूले केही दुःख दिन सक्छन्, सचेत रहनुहोला । सभा-समारोहमा तपाईंको विचारलाई धेरैले मन पराउनेछन् । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त हुनेछ ।

धनु – धेरैको भलाइ हुने काम गर्न सकिने समय छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । समझदारी बढ्ला । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । स्वास्थ्यगत समस्याले सताउन सक्छ, सचेत रहनुहोला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रोकिएका काममा पुनः प्रयत्न गर्नु उचित हुनेछ । रसरागात्मक कार्यमा आकर्षण रहनेछ । शत्रुमाथि विजय प्राप्त होला ।

मकर – दौडधुप केही बढ्नेछ तर रोकिएका काम बन्नुका साथै बिस्तारै नयाँ काम सुरु हुनेछन् । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्न सकिने समय छ । तार्किक क्षमता बढ्नेछ भने नयाँ शिप तथा ज्ञान प्राप्त हुने योग छ । पढाइलेखाइमा पनि प्रगति हुनेछ । धर्मकर्म र समाजसेवामा विशेष लगाव बढ्ने देखिन्छ । सामाजिक प्रतिष्ठा प्राप्तिको योग छ । नियमकानूनले साथ दिनेछ । यात्रागत कार्य सफल रहनेछ ।

कुम्भ – विभिन्न अवसरले पछ्याउनेछन् भने बोलीको प्रभाव बढ्नेछ । चिताएको काम बन्ने र वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका जुर्ने देखिन्छ । आफन्तजनको सहयोगले विशेष फाइदा उठाउन सकिएला । आजको दिन रमाइला ठाउँको भ्रमण गर्ने मौका जुर्न सक्छ । प्रेमभाव वृद्धि होला । मिठो भोजन प्राप्त हुनेछ । स्वास्थ्यले साथ दिनेछ ।

मीन – आजको दिन केही प्रचिकुलताको सामना गर्नुपर्ने देखिन्छ । पुरानो समस्याले झमेला आइलाग्न सक्छ, विवेकले सुल्झाउने प्रयत्न गर्नु हितकर होला । दाम्पत्य सम्बन्धमा पनि केही खटपट हुने देखिन्छ । पारिवारिक समस्याहरू देखापर्न सक्छन् । प्रतिकुलताका बीच पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । आफन्तजनको साथ मिल्नेछ । यात्रागत कार्य सार्थक रहला ।