थोराङ्ला भञ्ज्याङमा लेक लागेर आन्तरिक पर्यटकको मृत्यु

थोराङ्ला भञ्ज्याङमा लेक लागेर आन्तरिक पर्यटकको मृत्यु


मनाङको मनाङङिस्याङ गाउँपालिका-८ स्थित थोराङ्ला भञ्ज्याङ पार गर्ने क्रममा लेक लागेर (अक्सिजन अभाव) एक नेपाली पर्यटकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धादिङको गङ्गा जमुना गाउँपालिका-५ फुलखर्कका हरि अधिकारी रहेका छन् ।

अन्नपूर्ण पदमार्गअन्तर्गतको पाँच हजार चार सय १६ मिटर उचाइमा अवस्थित थोराङ्ला भञ्ज्याङ पार गर्ने क्रममा अधिकारीको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिएका छन् ।

पदयात्राका क्रममा थोराङ्ला भञ्ज्याङमा अधिकारीलाई लेक लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको हो ।