संविधान निर्माणमा जातिवादी अवरोध जनजाति र वैद्य समूह लागे अर्कैतिर

संविधान निर्माणमा जातिवादी अवरोध जनजाति र वैद्य समूह लागे अर्कैतिर


माओवादी लडाकुलाई नेपाली राष्ट्रिय सेनामा समाविष्ट गरिने प्रक्रिया अघि बढ्ने भएपछि मुलुकमा आगामी जेठ १४ भित्रै नयाँ संविधान जारी हुने विश्वास गरिएकोमा विभिन्न जातीय समुदायको अवरोधका कारण संविधान जारी हुनेमा आशङ्का बढेको छ । संविधानको मूल मर्म मानिने शासकीय स्वरूप र राज्य पुनर्संरचनामा वैचारिक धरातलमा उभिएका दलहरूबीच सहमति बन्न सकेको छैन, उनीहरूबीच सहमति बने पनि विभिन्न जातीय तथा क्षेत्रीय समुदायले त्यसको विरोध गर्ने भएका छन् । कम्युनिस्ट पार्टीहरूभित्र रहेका विभिन्न जातिवादी सभासद्हरू जातीय राज्यका पक्षमा ‘नेटवर्किङ’ गर्दै छन् । माओवादीका देव गुरुङदेखि एमालेका पृथ्वी सुब्बा गुरुङ र विजय सुब्बासम्मले जातीय राज्यको निम्ति जस्तोसुकै कदम चाल्न पनि तयार भएको अभिव्यक्ति दिएका छन् । नेकपा माओवादी वैद्य समूहका कम्तीमा ८६ सभासद्हरू प्रचण्ड–बाबुरामहरूले बनाउने संविधानलाई मान्यता नदिन दृढ देखिएका छन् । एमाले र अन्य पार्टीमा आबद्ध जनजाति सभासद्समेत एक ठाउँमा मोर्चाबद्ध भए भने संविधान जारी हुन मुस्किल पर्ने छ । जातीय आधारमा प्रदेशहरूको निर्धारण गरिँदा त्यसले ठूलाठूला जटिलता पैदा गर्ने देखिएपछि प्रमुख राजनीतिक दलका नेताहरू जातीय राज्यको अवधारणाबारे पुनर्विचार गर्ने तहमा पुगेका छन् । नेपाली काङ्गे्रस र एमालेले जातीय राज्यका विरुद्ध आफूहरूलाई उभ्याएका छन् । माओवादीको प्रचण्ड–बाबुराम खेमाले पनि जातीयताका पक्षमा नजाने सङ्केत दिएका छन् । तर, माओवादीको वैद्य खेमा र केही जातिवादी समूह तथा विभिन्न दलमा आबद्ध जातिवादी एवम् क्षेत्रवादी सभासद्हरू एकजुट भएमा दुई सयभन्दा बढी सङ्ख्या जातीय राज्यका पक्षमा जाने देखिन्छ । उनीहरू आफूले चाहेअनुरूपको संविधान नबनेमा त्यसलाई संविधानसभाबाट जारी हुन नदिन कटिबद्ध भएका छन् ।
राजनीतिक दलका नेताहरू संविधान निर्माणमा उत्पन्न असहमति निर्मूल गर्न मंगलबारसम्म सहमत हुन सकेका छैनन् । हात्तीवन रिसोर्टमा भेला भएर दलका नेताहरू विवाद अन्त्य गर्ने प्रयासमा जुटे पनि उहाँहरूबीच सहमति बन्न सकेन । संविधानसभाको विवाद समाधान उपसमितिलाई दिइएको म्याद सकिएपछि पाँच दिन थप गरिएको छ । थपिएको पाँच दिनमा पनि सहमति बन्न नसके संविधानसभामा निर्वाचन गराएर निर्णय लिइने बताइएको छ । शासकीय स्वरूपको विवाद वैचारिक आधारमा प्रकट भएको छ भने राज्य संरचनामा जातिवाद प्रमुख समस्या बनेको छ । नेपाली काङ्गे्रसले आफ्ना पूर्व मूल्य–मान्यताहरू छाड्दै आएको छ र अब काङ्गे्रससँग संसदीय प्रजातन्त्रप्रतिको अडान मात्र बाँकी रहेको छ । यो अडान पनि काङ्गे्रसले परित्याग ग¥यो भने काङ्गे्रस सम्पूर्ण रूपले आफ्ना पूर्वमूल्य–मान्यताबाट मुक्त हुनेछ र माओवादी जनवादी क्रान्तिको ढोकैमा पुग्ने ठानिएको छ । काङ्गे्रसभित्र केही नेताहरू संसदीय प्रजातन्त्रको पक्षमा दृढतापूर्वक उभिनुपर्ने धारणा राख्दै छन् भने माओवादीको निकट रहेका केहीले भने संसदीय प्रजातन्त्रप्रतिको अडान छोडेर मिश्रित प्रणालीमा जानुपर्ने धारणा प्रकट गरिरहेका छन् । अहिलेको अवस्था हेर्दा काङ्गे्रस नेतृत्व पुरानो अडान त्यागेर मिश्रित प्रणाली अर्थात् राष्ट्रपति र प्रधानमन्त्री दुवैमा अधिकार बाँडफाँड गर्न सहमत हुनसक्ने देखिएको छ । राज्य संरचनाको विषयमा भने जातिवाद मुख्य अवरोध बनेको छ । मधेसी मोर्चाले एक मधेस एक प्रदेशको पुरानो अडान छोड्ने सङ्केत दिएको भए पनि जातिवादीहरूले भने आफ्नो अड्डी कायम राखेका छन् । उनीहरूले आफ्नो अडान यथावत् राखेमा जेठ १४ भित्र संविधान जारी हुनसक्ने देखिँदैन । जातीयतामा आधारित संविधान जारी गर्दा मुलुकमा थप विग्रह पैदा हुने भन्दै काङ्गे्रस र एमालेले सामथ्र्य र पहिचानलाई राज्य पुनर्संरचनाको आधार बनाउनुपर्ने धारणा बनाएका छन् । उनीहरू आफ्ना अडानबाट स्खलित भएनन् भने जनजातिमध्येका अधिकांश सभासद् एकजुट भई प्रतिरोध गर्ने तयारीमा छन् । जातीय राज्यका पक्षमा काङ्गे्रस र एमालेसमेत गए भने संविधान जारी हुनेबित्तिकै संविधानकै कारण मुलुकमा जातीय युद्ध सुरु हुने निश्चित मानिन्छ । नागरिकता र निर्वाचन प्रणालीबारे सहमति बन्न सक्ने सम्भावना भए पनि राज्य संरचना र शासकीय स्वरूपकै विषयमा उत्पन्न विवादले जेठ १४ भित्र संविधान जारी हुनसक्ने सम्भावना घटाएको छ । कुनै चमत्कार भएन भने मुलुकले निर्धारित समयमा संविधान होइन अराजकता र द्वन्द्वको स्थिति व्यहोर्नुपर्ने प्रबल सम्भावना छ ।

वैद्य पक्षको स्वतन्त्र उपस्थिति
संविधान निर्माणमा उत्पन्न विवादहरूमा सहमति खोज्न दक्षिणकाली रिसोर्टमा यसै साता आयोजित राजनीतिक दलहरूको उच्चस्तरीय बैठकमा माओवादीका तर्फबाट मोहन वैद्य किरणसहितका नेताहरूले भाग लिएपछि राजधानीमा माओवादी विवाद समाधानको दिशामा मोडिएको चर्चा चल्यो । तर, वैद्य तथा उहाँका समर्थक नेताहरू रामबहादुर थापा बादल र देव गुरुङलगायतले बैठकमा आफ्नैतर्फबाट सहभागी भएको जानकारी प्राप्त भएको छ । नेकपा माओवादी सत्तापक्षका तर्फबाट प्रचण्ड, डा. बाबुराम भट्टराई, सभासद् खिमलाल देवकोटा र उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भाग लिनुभएको थियो भने नेकपा माओवादी प्रतिपक्षका तर्फबाट मोहन वैद्य किरण, रामबहादुर थापा बादल, देव गुरुङ र हितमान शाक्यले भाग लिएका थिए । बैठकमा सत्तापक्षीय माओवादीले आफ्नो धारणा प्रस्तुत गरेका थिए भने प्रतिपक्षी माओवादीले आफ्नै दृष्टिकोण राखेका थिए । बैठकमा वैद्य समूहका नेताहरू स्वतन्त्र ढङ्गले प्रस्तुत हुँदा सत्तापक्षीय माओवादी नेताहरूले तिनको विरोध र समर्थन दुवै गर्न नसकेको सहभागी एक नेताले जानकारी दिए । प्रतिपक्षी माओवादी नेताहरू जातीय राज्यका पक्षमा दृढतापूर्वक प्रस्तुत भएका थिए भने शासकीय स्वरूप जनमुखी हुनुपर्ने उनीहरूको धारणा थियो ।
विधानतः एउटै पार्टी भए पनि माओवादीभित्रको दुवै खेमाले स्वतन्त्र भूमिका निर्वाह गर्न थालेका छन् । यसरी एउटै पार्टीभित्रै दुई स्वतन्त्र अस्तित्व प्रकट हुनुलाई विश्वमै अनौठो र आश्चर्यजनक मानिएको छ ।

प्रचण्डविरुद्ध बन्दुक उठ्ने चेतावनी
सेना समायोजनका नाममा पार्टी नेतृत्वले लडाकुलाई सीधै सेनाको जिम्मा लगाएको विरोध गर्दै समायोजन रोजेका विभिन्न अस्थायी शिविरका लडाकुहरूले पार्टी अध्यक्ष प्रचण्डविरुद्ध बन्दुक उठ्ने चेतावनी दिएका छन् । जनमुक्ति सेना नेपाल, सङ्घर्È समितिका संयोजक तथा छैटौँ डिभिजन कार्यालयका बटालियन कमाण्डर धनबहादुर बोगटीले यस्तो चेतावनी दिएका हुन् ।
पार्टी नेतृत्वले जनमुक्ति सेनाको मागलाई बेवास्ता गरिएको तथा भावनामाथि लात हान्ने काम भएको भन्दै उनले भने, ‘प्रतिक्रियावादी शासक वर्गका विरुद्ध सोझिएका बन्दुकहरू अध्यÔ प्रचण्ड र सरकारसामु सोझिने कुरामा कुनै शङ्का छैन ।’ पार्टी नेतृत्व आत्मसमर्पणवाद र विसर्जनवादको बाटोमा विचलित भयो । उनले भने, ‘पार्टीको मूल नेतृत्व प्रचण्ड र बाबुरामले जनमुक्ति सेना नेपाललाई नेपाली सेनाको जिम्मा दिएर आत्मसमर्पण्ँ गराए हामी सहन सक्दैनौँ ।’
माओवादी नेता नेत्रविक्रम चन्दका अनुसार बोगटी एकजना मात्र होइनन्, शिविरमा रहेका केही लडाकुबाहेक सबै पार्टी नेतृत्वप्रति आक्रोशित छन् । उनले भने, ‘शिविरमै रहेका हाम्रा साथीहरू नेतृत्वको आश्वासनमा मात्र चुप लागेर बसेका छन् ।
माओवादी स्रोतका अनुसार अवकाश रोजेका अधिकांश लडाकु आफ्नै पार्टी नेतृत्वविरुद्ध पर्ख र हेरको अवस्थामा रहेका छन् । उनीहरू कुनै पनि बेला पार्टी नेतृत्वविरुद्ध खनिन सक्छन् । स्रँेतका अनुसार स्वेच्छिक अवकाश रोजेका लडाकुले आफूहरूलाई पार्टीले प्रयोग मात्र गरेको भन्दै कुनै पनि बेला आफ्नै पार्टीविरुद्ध जाइलाग्ने उपयुक्त समयको पर्खाइमा रहेको बताए छन् । शिविरमा रहेका लडाकुले आफूहरूको भूमिकाको कुनै कदर नगरिएको र उल्टै आफूहरूलाई सोस्ने काम मात्र गरेको आरोप लगाएका छन् । उनीहरूको भनाइ छ, ‘युद्धमा ललाइफकाई हामीलाई प्रयोग गरियो, अहिले बद्नाम गराउनुका साथै घर न घाटको बनाए । उनीहरूले पार्टी नेतृत्वसमक्ष आफूहरूले तिरेको रकमको हिसाबकिताबसमेत माग गरेका छन् । माओवादी उच्च स्रोतका अनुसार शिविरमा बस्दै आएको लडाकुबाट मासिक रूपमा उठाएको रकममा अनियमितता भएको भन्दै लडाकुहरूबाट उठाइएको रकमको हिसाब–किताब तत्काल सार्वजनिक नगरे थप आन्दोलन गर्ने तयारी भइरहेको छ ।
एमाओवादीले आफ्ना लडाकुहरू अस्थायी शिविरमा बस्न थालेदेखि (५ मङ्सिर ०६३) उनीहरूबाट मासिक एक हजारका दरले उठाउँदै आएको थियो । पाँच वर्Èको अवधिमा शिविरका एक लडाकुबाट कम्तीमा ६० हजार लेबी तथा पीएलए स्पोर्टस् क्लब, जनमुक्ति सेना राहत कोÈलगायतका नाममा पनि रकम उठाइएको छ । यसरी माओवादीले पाँच वर्षमा करोडौं रकम उठाएको देखिन्छ । ‘माओवादीले लडाकुबाट मासिक रूपमा उठाएको पैसा घर फिर्ता हुने वा समायोजनमा जाने बेलामा फिर्ता दिने वचन दिएको थियो । तर, अहिलेसम्म न लडाकुलाई रकम फिर्ता दिइएको छ न त हिसाब–किताब नै देखाइएको छ,’ एक लडाकु कमाण्डरले भने । छैटौँ डिभिजनका बटालियन कमाण्डर बोगटीले डिभिजन कमाण्डरहरूले आफूहरूबाट उठाइएको करोडौँ रुपैयाँ हिनामिना गरेकाले आन्दोलनको विकल्प नभएको बताए । उनले भने, ‘नेपाली सेना परिचालन गरी बन्दी बनाएर सत्य लुकाउने प्रयत्न भइरहेको छ । तर, हामी चुप लागेर बस्ने पÔमा छैनौँ ।’

सम्पादकहरूलाई विशेष तालिम
नेपाली छापामाध्यम राष्ट्रिय सञ्जालले छापामाध्यमहरूको स्तरोन्नतिका निम्ति विशेष प्रशिक्षण अभियान सुरु गर्ने भएको छ । त्यसको थालनी पश्चिमाञ्चल विकास क्षेत्रका सम्पादकहरूलाई प्रशिक्षण दिएर सुरु गरिने सञ्जालले जनाएको छ । बीपी कोइराला फाउण्डेसन भारतीय राजदूतावासको सहयोगमा हुने प्रशिक्षणमा पश्चिमाञ्चलका पचासभन्दा बढी सम्पादकलाई सहभागी गराइने भएको छ । पत्रकारहरू आफैंले सञ्जालन गरेको सञ्चारमाध्यमलाई प्रभावकारी बनाउन सञ्जालले यसप्रकारको प्रशिक्षण दिन लागेको सञ्जालका महासचिव किशोर श्रेष्ठले बताउनुभएको छ । यही वैशाख ८ र ९ गते पोखराको टुरिजमसभाकक्षमा आयोजना हुने कार्यशालामा वरिष्ठ पत्रकारहरू शरच्चन्द्र वस्ती, धु्रवहरि अधिकारी र युवराज घिमिरेले विशेष प्रशिक्षण दिनुहुने कार्यक्रम रहेको बताइएको छ । यस किसिमको प्रशिक्षण मुलुकभर क्रमशः सञ्चालन गरिने पनि सञ्जालले जनाएको छ ।

वैद्यको प्रतिकार गर्न बेग्लै प्रशिक्षण
एकीकृत माओवादीले आफ्ना कार्यकर्तालाई फेरि समानान्तर प्रशिक्षण दिन सुरु गरेको छ । उनीहरूले आफूनिकट नेता तथा कार्यकर्तालाई राजधानीमा बोलाएर गोप्य प्रशिक्षण दिन सुरु गरेका हुन् । पछिल्लोपटक लडाकु र हतियार सेनामातहत ल्याउने निणर््ँय गरलगत्तै एमाओवादीका उपाध्यक्ष्ँ मोहन वैद्य पÔका नेताहरूले आन्दोलन चर्काउन थालेपछि अध्यÔ प्रचण्डले आफूनिकट कोचिला र लिम्बुवानका नेता तथा कार्यकर्ता राजधानी बोलाएर गोप्य प्रशिक्षण दिएको छ ।
मंगलबार राजधानीमा भएको गोप्य प्रशिÔण्ँमा दुवै राज्यसमितिका दुई सयभन्दा बढी नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ । स्रोतका अनुसार उनीहरूलाई सोमबार नै प्रशिÔण्ँका लागि राजधानी बोलाइएको थियो । तर, पार्टीका शीर्ष नेता तीन दलको बैठकमा व्यस्त भएकोले मंगलबार प्रशिक्षण दिइएको हो । स्रँेतका अनुसार प्रधानमन्त्री बाबुराम पक्ष्ँधर नेताहरूलाई समेत सहभागी नगराइएको प्रशिक्षण उपाध्यक्ष्ँ वैद्य पक्षधर नेताहरूले गर्न सक्ने आन्दोलनको प्रतिकार कसरी गर्ने भन्नेमा केन्द्रित रहेको थियो । सहभागी एक नेताका अनुसार प्रशिÔण्ँमा कोचिला राज्यका सुनसरी, मोरङ र झापाका नेता तथा कार्यकर्ता सहभागी छन् । त्यस्तै लिम्बुवान राज्यअन्तर्गत तेह्रथुम, धनकुटा, ताप्लेजुङ, पाँचथर र इलामका कार्यकर्ताको सहभागिता छ ।
स्रँेतका अनुसार वैद्य पक्ष्ँका नेताहरूले यी दुई राज्यका आफ्ना कार्यकर्तालाई प्रशिक्षण दिएकोले प्रचण्ड पक्षधर नेताहरूले आफूनिकट राज्यस्तरीय नेताहरूलाई प्रशिक्षण दिएका हुन् । केही दिनअघि माओवादीका सचिव सीपी गजुरेलले सिन्धुलीमा पूर्वका सबै जिल्लाका कार्यकर्तालाई प्रशिÔण्ँ दिएका थिए । त्यस्तै, महासचिव रामबहादुर थापाले पनि लिम्बुवान र कोचिलाका आफ्नो पÔधर कार्यकर्तालाई प्रशिÔण्ँ दिँदै विद्रोहका लागि तयार रहन निर्देशन दिएका थिए ।

चितवन टुक्रन नदिन बेग्लै समिति
राष्ट्रिय जागरण परिषद् नेपालका केन्द्रीय संयोजक साध्यबहादुर भण्डारीको प्रमुख आतिथ्यमा चितवनमा भएको एक भेलाले २३ सदस्यीय ‘राष्ट्रिय जागरण परिषद् नेपाल चितवन जिल्ला तदर्थ समिति’ गठन गरेको छ । समितिको संयोजकमा प्रा. महेश न्यौपाने, सहसंयोजकमा बुद्धिजीवी बाबुराम पाण्डे, सचिवमा शिवप्रसाद पौडेल, सहसचिवमा चन्द्रमान गुरुङ रहेका छन् । उक्त समितिले चितवनलाई विभिन्न भागमा टुत्र्mयाउने, मुलुकलाई विखण्डन गर्ने प्रवृत्ति, राष्ट्रिय सार्वभौम अखण्डतालाई विघटन गर्ने÷गराउने विभिन्न आयाम र राष्ट्रघातका शृङ्खलाबद्ध सरकारी निर्णयका विरुद्धमा छलफल, गोष्ठी अन्तरक्रिया गरेर जनचेतना फैलाउने निर्णय गरेको छ । समितिले एक महिनाभित्र बृहत् भेलाको आयोजना गर्ने निर्णय पनि गरेको छ । भेलामा वरिष्ठ वामबुद्धिजीवी यमुना न्यौपाने, बालकुमारी कलेजका प्रमुख प्रा. चिरञ्जीवी श्रेष्ठ, एमालेका नेता जगन्नाथ थपलिया, नेपाली काङ्ग्रेसका नेता देवेन्द्र गुरुङ, नागरिक समाजका अगुवा व्यक्तित्व नारायणसिंह कुँवर, जनमोर्चा नेपालका नेता शान्तिप्रसाद न्यौपाने, चितवन जागरण अभियानका अध्यक्ष गणशेखर शर्मा, सचिव सूर्यप्रकाश कँडेल, बुद्धिजीवी रवीन्द्र मल्ल, सुरेन्द्र पाठक, किशोरचन्द्र घिमिरेलगायतका व्यक्तिहरूको उपस्थिति थियो ।

तराईको विकासमा सघाउन सवारी साधन उपहार
भारतीय सहयोगमा नेपालमा सञ्चालित तराई क्षेत्रमा सडक निर्माण, एकीकृत जाँच चौकीहरूको निर्माण र सीमापार रेल लिङ्क निर्माणजस्ता ठूला परियोजना निरीक्षण एवम् द्रुत कार्यान्वयनका लागि मित्रराष्ट्र भारतले नेपाललाई १२ वटा बोलेरो गाडी उपहार प्रदान गरेको छ । मित्रराष्ट्र भारतका राजदूत जयन्त प्रसादले भौतिक योजना तथा निर्माणमन्त्री हृदयेश त्रिपाठीलाई उक्त सवारी साधनहरू हस्तान्तरण गर्नुभयो ।
उपहार हस्तान्तरणका लागि गत साता सिंहदरबारस्थित मन्त्रालयमा आयोजित एक सङ्क्षिप्त र भव्य समारोहबीच भौतिक योजना तथा निर्माणमन्त्री हृदयेश त्रिपाठीले नेपालको आर्थिक विकासलाई बढोत्तरी प्रदान गर्ने चालू सडक सञ्जाल परियोजनाको द्रुततर कार्यान्वयनका लागि उच्च प्राथमिकता दिएकोमा भारत सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो । समारोहमा मन्तव्य दिँदै मन्त्री त्रिपाठीले भन्नुभयो, ‘भारतद्वारा नेपालमा निर्माण गरिने उक्त परियोजनाहरूले दुई देशबीच मित्रवत् सम्बन्ध तथा सहयोगलाई अझ मजबुत बनाउनेछ ।’
सोही अवसरमा मित्रराष्ट्र भारतका राजदूत जयन्त प्रसादले तराई क्षेत्रमा आर्थिक समृद्धि प्राप्त गर्न सञ्चालित उल्लेखित परियोजनाहरू छिटो र सफलतापूर्वक सम्पन्न गर्नका निम्ति नेपाल सरकारका परियोजना अधिकारीलाई आफ्नो जिम्मेवारी निर्वाहका क्रममा उपहार प्रदान गरिएका सवारी साधनहरू सहयोगी सावित हुने विश्वाश व्यक्त गर्नुभयो ।
भारत सरकारबाट उपहारस्वरूप प्राप्त सवारी साधनहरू नेपालको तराई क्षेत्रमा सडक विकास तथा निर्माण, एकीकृत जाँच चौकीहरूको निर्माण र सीमापार रेल लिङ्कजस्ता परियोजनामा उपयोग गरिने भौतिक योजना तथा निर्माण मन्त्रालयले जनाएको छ ।
प्रथम चरणको परियोजनाअन्तर्गत नेपालको तराई क्षेत्रमा कुल ६ सय ५ किलोमिटर लम्बाइ भएका १९ वटा लिङ्क रोड÷हुलाकी सडक निर्माण हुँदै छ । ११ अर्ब लागतमा निर्माण हुने ती सडकले उक्त क्षेत्रका करिब ८८ लाख जनतालाई लाभ पुग्नुको साथै देशमा सामान ढुवानी तथा अन्य सेवाको प्रवाहमा सुगमता ल्याउने विश्वास मन्त्रालयले गरेको छ । नेपालको आर्थिक विकासलाई बढावा दिन महŒवपूर्ण योगदान पु¥याउने सडक निर्माणको उक्त प्रथम चरण समाप्तिपश्चात् करिब नौ सय किलोमिटर लामो सडक निर्माण दोस्रो चरणमा गरिने बताइएको छ ।

एकीकृत जाँच चौकीहरूको निर्माण
यसैगरी भारत सरकारले भारत–नेपाल सीमाका मुख्य बिन्दुहरूमा चार एकीकृत जाँच चौकीहरूको निर्माण गरिरहेको छ । उक्त परियोजनामा रक्सौल–वीरगञ्ज, सुनौली–भैरहवा, जोगवनी–विराटनगर र नेपालगञ्ज सडक (भारत)– नेपालगञ्ज (नेपाल) रहेका छन् । भारतको रक्सौल र नेपालको वीरगञ्जमा एकीकृत जाँच चौकी निर्माण कार्य सुरु भइसकेको छ । यसैगरी भारतको जोगवनीमा एकीकृत जाँच चौकी निर्माण सुरु हुनुका साथै विराटनगरमा पनि एकीकृत जाँच चौकीको निर्माण छिट्टै सुरु हुने आशा गरिएको छ । रक्सौल–वीरगञ्ज र जोगवनीमा एकीकृत जाँच चौकी निर्माणको अनुमानित लागत चार अर्ब रहेको छ । एकीकृत भन्सार तथा अध्यागमन सेवासहितका अत्याधुनिक सुविधासम्पन्न एकीकृत जाँच चौकीहरूले मानिस एवम् वस्तुको सीमापार आवतजावत तथा वस्तु ओसारपसारमा सहजता ल्याउनेछ ।

सीमापार रेल लिङ्क
भारत–नेपाल सिमानाका पाँच स्थानमा भारतले सीमापार रेलमार्ग सञ्जाल स्थापना गर्दै छ । ती स्थानहरू भारतको जयनगरदेखि नेपालको बर्दिबास, भारतको जोगवनीदेखि नेपालको विराटनगर, भारतको नौतनवादेखि नेपालको भैरहवा, भारतको रुपैडियादेखि नेपालको नेपालगञ्ज र भारतको नयाँ जालपाइगुडीदेखि नेपालको काँकडभिट्टा रहेका छन् । जयनगर–बर्दिबासको जयनगरदेखि विजलापुरसम्मको ५१ किलोमिटर रेलमार्ग चौडा पार्ने तथा त्यसलाई बर्दिबाससम्म १७ किलोमिटर बढाउने काम निकट भविष्यमै सुरु हुने अपेक्षा गरिएको छ । नेपाल र भारतीय दुवै सरकारले पहिलो चरणअन्तर्गत जोगवनी–विराटनगर रेलमार्गको १७.६५ किलोमिटरको काम सुरु गर्नै निर्णय गरेका छन् । पहिलो चरणअन्तर्गत सञ्चालन हुने दुई रेल सञ्जालको अनुमानित लागत १० अर्ब ४० करोडभन्दा बढी हुने अनुमान गरिएको छ ।

एक्याप क्षेत्रभित्र संरक्षित जनावर र जडीबुटीको चोरी
अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना क्षेत्रभित्रको वन पैदावर चोरी निकासीमा वृद्धि हुन थालेको छ । अन्नपूर्ण संरक्षण क्षेत्रभित्रका जनावरलगायत बहुमूल्य जडीबुटीको चोरी निकासीमा वृद्धि हुनुमा स्थानीयहरूको संलग्नता रहेको सरोकारवालाहरूले बताएका छन् ।
अन्नपूर्ण संरक्षण क्षेत्रभित्र संरक्षित जनावर तथा जडीबुटीबाट चोरी गिरोहका अपराधीहरूलाई करोडौँ रुपैयाँको स्रोत बनेको छ । चोरी गिरोहले अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना क्षेत्रभित्रका रतुवा, मृग, घोडल हिमचितुवा, कस्तुरी मृग र चितुवालगायतको अत्यधिक सिकार तथा सतुवा, वनलसुनलगायतका बहुमूल्य जडीबुटी चोरी निकासी गर्ने गरेकोे बताइएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना एक्यापका प्राकृतिक स्रोत संरक्षण अधिकृत राजकुमार गुरुङका अनुसार विगतका कारबाही र तथ्याङ्कअनुसार वनपैदावर चोरी–निकासीमा ४४ प्रतिशत स्थानीयवासीको संलग्नता रहेको उनले दाबी गरे ।
लमजुङका पाइने निकै बहुमूल्य जडीबुटी तथा जनावरहरू स्थानीय बासिन्दाभन्दा अन्य जिल्लाका मानिसले नै उपभोग गर्ने गरेको स्थानीयको गुनासोे छ । वनपैदावर चोरी–निकासी नियन्त्रणमा स्थानीय समुदाय बढी सक्रिय हुनुपर्ने सरोकारवालाको भनाइ छ । अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना एक्यापका निर्देशक लालप्रसाद गुरुङले चोरी–निकासी नियन्त्रणको लागि विशेष संयन्त्र बनाउने बताए । केन्द्रदेखि इलाकासम्म चोरी सिकारी नियन्त्रण इकाइ बनाई व्यापक रूपमा युवाहरूलाई परिचालन गरेर सुराकीको पहिचान गर्न सकेमा चोरी–सिकारी रोकिने गुरुङको भनाइ छ ।
चोरी–निकासी भएको थाहा पाउँदापाउँदै पनि असुरक्षाको कारणले स्थानीय बासिन्दाले कसैलाई सुराकी गर्न नसकेको स्थानीयबासी आफंैले गुनासो गरेका छन् । यता जिल्ला वन कार्यालयका जिल्ला वन अधिकृत रामकाजी श्रेष्ठ भने मानिसमा छाडापन बढेको र चोरी–निकासीमा संलग्न आफ्नो मान्छेलाई जोगाउने प्रवृत्ति बढेको दाबी गर्छन् । गुरुङका अनुसार स्थानीयवासीको डरको बाध्यतालाई स्वीकार्दै कर्मचारीमा पनि डरको कारण थाहा नपाएको जस्तो गरी कर्तव्य विमुख भएको दाबी गरेका छन् ।
अन्नपूर्ण संरक्षण क्षेत्रले मनाङ र मुस्ताङका सबै गाविसलाई समेटेको छ भने कास्कीका १७, लमजुङका आठ र म्याग्दीका तीन गाविसलाई छोएको छ । नेपाल आउने पर्यटक सङ्ख्याको ३० प्रतिशतले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गर्ने गर्दछन् । करिब सात हजार ६ सय २९ वर्गकिलोमिटरमा पाँचवटा जिल्ला अनि गाविसहरूलाई अन्नपूर्ण संरक्षण क्षेत्रले ओगटेको छ । – छविलाल बगाले

काङ्ग्रेसको अभिलेख तथा इतिहासलेखन
धनकुटा÷ नेपाली काङ्ग्रेस धनकुटाले काङ्ग्रेसको अभिलेख सङ्कलन तथा इतिहासलेखन कार्य सुरु गरेको छ । अभिलेख सङ्कलन तथा इतिहासलेखन कार्यका निम्ति धनकुटा काङ्ग्रेसले गोपालप्रसाद अधिकारीको संयोजकत्वमा ‘अभिलेख सङ्कलन तथा इतिहासलेखन समिति’समेत गठन गरेको छ ।
समितिद्वारा हालै आयोजित एक अन्तरक्रिया कार्यक्रममा वरिष्ठ अधिवक्ता नगेन्द्रभक्त श्रेष्ठ, नेपाल प्राध्यापक सङ्घ प्रजातन्त्रवादी समूहका अध्यक्ष विश्वप्रकाश श्रेष्ठ, प्राध्यापक गोपाल पौडेल, नेपाल शिक्षक सङ्घका अध्यक्ष गंगाराम ढुङ्गाना, नेपाल प्रेस युनियनका अध्यक्ष खगेन्द्र घिमिरे, डीएलए धनकुटाका अध्यक्ष दीपक गुरागाईं, सदस्य शारदासन्तोषी राईलगायतले काङ्ग्रेसको अभिलेख सङ्कलन तथा इतिहासलेखन कार्यले नेता तथा कार्यकर्ताहरूमा नयाँ उत्साह थपिने र कार्यकर्ताको काम तथा योगदानको मूल्याङ्कन गर्न सजिलो हुने बताए ।
अभिलेख सङ्कलन तथा इतिहासलेखन कार्य गर्न विभिन्न प्रकारका विधिहरू अपनाउन बुद्धिजीवीहरू, पुराना नेता तथा कार्यकर्ताहरू र प्रजातन्त्र सेनानीहरूसँग छलफल, ऐतिहासिक दस्तावेजहरूको खोज तथा अनुसन्धानलगायत गाउँ, नगर, क्षेत्र तथा जिल्लास्तरमा अन्तरक्रिया कार्यक्रम गर्ने संयोजक गोपाल अधिकारीले जानकारी दिए ।(सरु राई

आँखाका रोगीको सेवा गरिने
नेपाली नेत्रज्योति सङ्घद्वारा सर्लाहीमा सञ्चालित आँखा अस्पतालमा आउने रोगीहरूलाई विभिन्न प्रकारले सहयोग पु¥याउने घोषणा दुई समाजसेवीले गरेका छन् । प्राप्त समाचारअनुसार त्यसरी सहयोग गर्न अग्रसरहरूमा सर्लाहीको मलंगवा–५ निवासी समाजसेवी अपाङ्ग श्रीमती सीमा सिंह र सिसौटनिवासी किशोर राउत छन् । आँखा अस्पतालमा आउने मोतियाबिन्दु रोगीहरूलाई २०६८ सालदेखि आजीवन दशजना असहाय मोतियाबिन्दु रोगीको निःशुल्क उपचार तथा सत्तरीजनालाई जाउलो, चिया–बिस्कुट र पाउरोगी दिने घोषणा श्रीमती सीमा सिंह कान्त (अपाङ्ग)ले गरेकी छिन् । मृत्युपश्चात् आफ्नो आँखा पनि अस्पताललाई दान दिने र भविष्यमा अस्पतालको अक्षयकोषमा केही रकम राखिदिने सोच पनि सीमाले बनाउनुभएको छ । नेपाल नेत्रज्योति सङ्घका सभापति रामबहादुर अमात्यसमक्ष सीमाले उक्त प्रतिबद्धता जनाउनुभएको हो ।
त्यस्तै सर्लाही सिसौट गाउँ विकास समितिका किशोर राउत (हाल काठमाडौं रातोपुल बस्ने)ले २०६८ देखि नै १२ जना असहाय आँखारोगीको अप्रेशन गराइदिने र सत्तरीजनालाई जाउलो, बिस्कुट, चिया–पाउरोटी उपलब्ध गराइदिने वचनबद्धता प्रकट गरेको जानकारी अमात्यले दिनुभयो । राउतले आँखारोगीको सुविधाका लागि प्रतीक्षालय पनि निर्माण गरिदिने भएका छन् ।

पृथ्वीनारायणलाई बत्ती बालेर नेताहरूको उछित्तो
नेपाल विद्वत् परिषद्का केन्द्रीय अध्यक्ष जितबहादुर अर्जेलले ठूला राजनीतिक दलका केन्द्रीय नेताहरू विदेशीको चक्रब्युहमा फसेका र सोही चक्रब्युहका कारण मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, शैक्षिक क्षेत्र एवम् राष्ट्रियतालाई समेत ध्वस्त पार्न लागेको आरोप लगाएका छन् । परिषद्को ११औँ नारायणी अञ्चल सम्मेलनलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै अर्जेलले जेठ १४ मा कुनै पनि हालतमा पूर्ण संविधान आउन नसक्ने ठोकुवा गरे ।
उक्त अञ्चल सम्मेलन कार्यक्रमको विशेष अतिथि ऋषिकेश लोहनी थिए भने अतिथिहरूमा केन्द्रीय सदस्य बल्लभप्रसाद दाहाल, समाजसेवी पशुपतिविक्रम शाह, राप्रपा नेपालका केन्द्रीय सदस्य शम्भुप्रसाद चौरसिया, रिपोर्टर्स क्लब नेपालका मधेस क्षेत्रीय संयोजक कन्हैया गुप्ता, नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष अशोक तिवारी, राष्ट्रवादी शान्ति महिला समूह पर्साका अन्नु राणा, समाजसेवी उषा शाह, नेपाल विद्वत् परिषद् बाराका सल्लाहकार भरत मल्ल, बाराका सचितानन्द तिवारी, कमरुल होदा, राष्ट्रवाद सङ्घ पर्साका अध्यक्ष जनक साह, देशभक्त राजभक्त समूह पर्साका पशुपति रौनियारलगायतले अध्यक्ष अर्जेलको भनाइमा सहमति जनाउँदै मन्तव्य दिएका थिए ।
परिषद्का नारायाणी अञ्चल संयोजक नरेशराज गिरीको सभापतित्वमा स्थानीय होटल सम्झनामा आयोजित कार्यक्रममा पृथ्वीनारायण शाहको तस्बिरमा फूलमाला पहि¥याएर दीप प्रज्वलनसमेत गरिएको थियो ।

घरजग्गा एजेन्टहरू सङ्गठित
घरजग्गा एजेन्ट सङ्घ नेपाल ९को पहिलो भेला हालै ललितपुरमा सम्पन्न भएको छ । भेलाले सङ्घका संयोजक ईश्वरप्रसाद खरेलको अध्यक्ष्ँतामा १७ सदस्यीय तदर्थ समिति गठन गरेको छ । जसअनुसार उपाध्यक्षमा दिलीप न्यौपाने, महासचिवमा लक्ष्मी न्यौपाने, सचिवमा श्रीप्रसाद कडरिया, सहसचिवमा धनबहादुर क्षेत्री, कोषाध्यक्ष्ँमा सविना रिजाल र सहकोषाध्यक्ष्ँमा केशर थापालाई चयन गरिएको छ । यसैगरी सदस्यहरूमा पशुपति क्षेत्री, सरोज न्यौपाने, प्रह्लाद गुरुङ, बुद्धिमान तामाङ, मञ्जु गुरुङ, अरुण थापा, किशोर खरेल, ज्योतिनन्द (हिमाल) कडरिया, सन्तोष चौहान र पे्रम खरेल छानिएका छन् ।
नवगठित समितिले एक महिनाभित्र विधान तयार गरी संस्थालाई विधिवत् तुल्याउने र तीन महिनापछि निर्वाचित कार्यसमिति तयार गरी अगाडि बढ्ने निर्णय गरेको अध्यक्ष खरेलले जनाए । भेलाका प्रमुख अतिथि पाटन संयुक्त क्याम्पसका प्रमुख प्राध्यापक अमन श्रेष्ठले घरजग्गा एजेन्टहरूको सङ्गठनको आवश्यकताबारे प्रकाश पारेका थिए भने अर्का अतिथि ललितपुर उपमहानगरपालिकाका पूर्वमेयर बेखारत्न शाक्यले घरजग्गा कारोबारसम्बन्धी आफ्ना अनुभव सुनाएका थिए । करिब तीन दर्जन रियल स्टेट एजेन्टको सहभागिता रहेको कार्यक्रममा सबैले आफ्नो हक र अनुभवबारे मन्तव्य दिएका थिए ।

अमूर्त सम्पदासम्बन्धी कार्यशाला
अमूर्त सम्पदा संरक्षण राष्ट्रिय क्षमता अभिवृद्धिसम्बन्धी पाँच दिवसीय कार्यशाला गोष्ठी गत सोमबार राजधानीमा सुरु भएको छ । वरिष्ठ संस्कृतिविद् तथा अमूर्त सांस्कृतिक सम्पदा परिषद्का उपाध्यक्ष सत्यमोहन जोशी, नेपालका लागि जापानी राजदूत कुनिओ ताकाहासी र नेपालका लागि युनेस्को प्रतिनिधि एक्सेल प्लाथेले अन्नपूर्ण होटेलमा आयोजित गोष्ठीको संयुक्त रूपमा उद्घाटन गर्नुभयो ।
गोष्ठीका सहभागीलाई प्लाथेले नेपालको अमूर्त सांस्कृतिक सम्पदा जगेर्ना कसरी गर्ने भनेर चिन्तनशील हुन अनुरोध गर्नुभयो भने गोष्ठीमा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै अमूर्त सांस्कृतिक सम्पदा संरक्षणले नेपालको पर्यटन विकास हुने धारण जापानी राजदूत ताकाहासीले व्यक्त गर्नुभयो । वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले समेत मन्तव्य दिनुभएको सो कार्यशाला गोष्ठीका क्षेत्रीय प्रशिक्षकहरूका तर्पmबाट शुभा चौधरीले नेपालका सांस्कृतिक सम्पदाको जगेर्ना कसरी गर्ने भन्ने सिकाउने र सिक्ने काम गोष्ठीमा हुने जानकारी दिनुभयो ।

‘एसपी विक्रम प्रेरक व्यक्तित्व’
सार्वजनिक स्थानमा धूमपान नियन्त्रणका लागि सामाजिक चेतनाको महाअभियान सुरु गर्ने अभियन्ता भन्दै समाजसेवी एवम् स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण जिल्ला सञ्जाल बाँकेका अध्यक्ष पूर्णलाल चुकेले एसपी विक्रमसिंह थापालाई वल्र्ड रेकर्डमा सामेल गर्न सरकारले पहल गर्नुपर्ने धारणा अघिसारेका छन् । एसपी थापालाई प्रथमतः देशकै उच्च सम्मानबाट सम्मानित गर्न आग्रह गर्दै चुकेले भने, ‘धूमपानविरुद्ध एसपी थापाले नेपालगञ्जमा जसरी भव्य ¥याली आयोजना गरेर आमजनतामा चेतना जगाउने कार्य गरे, मुलुकका अन्य ७४ जिल्लामा पनि त्यस्तै महा¥याली निकाल्न सम्बन्धित जिल्लाधिकारी तथा सुरक्षा प्रमुखहरूलाई सरकारले निर्देशन नै जारी गर्नु आवश्यक छ ।’ अल्प समयमै एक प्रहरी अधिकारीले कठिन काममा ठूलो उपलब्धि हासिल गर्नु समग्र नेपालका लागि गर्वको कुरा भएको उल्लेख गर्दै उनले अन्य प्रहरी अधिकृतहरूले विक्रमसिंह थापाबाट सिक्दै–प्रेरणा लिँदै समाजहितमा खुला हृदय लिएर अघिसर्नुपर्ने सुझाव दिए ।