कारसँग ठोक्किएर बस त्रिशूली नदी किनारमा, पाँच जना गम्भीर घाइते

कारसँग ठोक्किएर बस त्रिशूली नदी किनारमा, पाँच जना गम्भीर घाइते


पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजारनजिक आज (३२ जेठ) बिहान दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् भने पाँचजनाको अवस्था गम्भीर छ ।

नेपालगञ्जबाट काठमाडौंतर्फ आइरहेको भे१ख ४०६० नम्बरको यात्रीबस त्रिशूली नदी किनारमा खसेको छ । काठमाडौंबाट मुग्लिनतर्फ गइरहेको बागमती प्रदेश ०२-०३९च ३७२० नम्बरको कार र सो बस एकापसमा ठोक्किँदा बस नदी किनारमा खसेको हो । कारलाई जोगाउन खोज्दा बस नदीमा किनारमा खसेको बताइएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार कारमा सवार पाँचजना गम्भीर घाइते छन् भने बसमा सवार सबै यात्रीको अवस्था सामान्य छ । बसमा ४५ जना यात्री थिए ।

घटनामा गम्भीर घाइते भएका कारमा सवार सबैलाई उपचारका लागि चितवन पठाइएको गजुरीस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

तस्बिर : रासस