✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्त संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८१ आषाढ १ गते तद्अनुसार सन् २०२४ जुन १५ तारिख शनिबार ज्येष्ठ शुक्लपक्ष नवमी तिथि उत्तरा फाल्गुनी ७ः५९ पर हस्ता नक्षत्र व्यतिपात योग बालब करण आनन्दादिमा उत्पात योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१० मा भयो र सूर्यास्त साँझ १८ः५९ मा हुनेछ । आषाढ संक्रान्ति ।
आजको राशिफल
मेष – आजको दिन दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । थोरै लाभ भए पनि ठूलै आवश्यकता पूरा हुने देखिन्छ । काम बिग्रने डरले कता-कता सताउन सक्छ तर मेहनत गर्दा फाइदा नै हुनेछ । पतिपत्नीबीच भने सम्बन्ध केही चिसिन सक्छ । इर्ष्या गर्नेहरूले फसाउन सक्छन्, सचेत रहनुहोला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
वृष – विगतका कमी-कमजोरीलाई सुधार गर्ने अवसर मिल्नेछ । मित्रजनसँग सन्तुलित व्यवहार गर्नु हितकर होला । प्रतीक्षित नतिजाले साँझदेखि उत्साह बढाउनेछ भने तार्किक क्षमताले सम्मान दिलाउने योग छ । अधैर्य व्यवहारले समस्या निम्त्याउन सक्ने सम्भावना रहेकोले संयमता अपनाउनु हितकर हुनेछ । विछोडिएका परिवारजनसँग भेटघाट होला । यात्रापरक काम बन्नेछ । आफन्तजनको साथ मिल्नेछ ।
मिथुन – व्यस्तता वृद्धि भएपनि आजको दिन व्यवसायमा थप लगानी बढाउन सकिनेछ भने केही खर्च लागेपनि सोचेको काम बन्ने समय छ । प्रतिस्पर्धीहरूले हार खानेछन्, सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने उचित समय छ । महत्वपूर्ण कार्यमा आँट गर्न नसक्दा पछि परिनेछ, ध्यान राख्नुहोला । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कर्कट – पराक्रम बढ्नेछ, तर ठूलै प्रयत्न गर्दा सामान्यमात्र फाइदा होला । अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला । रचनात्मक कार्यले भने लाभ दिलाउनेछ । नियमित कार्यमा चुनौती आइलाग्नेछन् । रोकिएको कुनै विशेष काम छ भने प्रयत्न गर्दा सम्पन्न हुने समय छ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ । रसरागमा आकर्षण रहला ।
सिंह – आजको दिन केही सङ्घर्षयुक्त रहन सक्छ । सरसापटमा धन खर्च हुने तथा आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्ने समय छ । स्वास्थ्यमा देखापरेको कमजोरीले पढाइलेखाइमा बाधा पुग्न सक्छ । अप्रिय समाचारले मन खिन्न तुल्याउने योग छ । अर्थ संग्रहमा बाधा पुग्नेछ, फजुल खर्च रोक्ने प्रयत्न गर्नुहोला । समयको सदुपयेग गर्ने प्रयत्नमा लाग्नु उचित होला । कलात्मक काममा सफलता मिल्नेछ ।
कन्या – सानो प्रयत्नले ठूलो काम सम्पादन हुने र सजिलै काम बन्नाले उत्साह जाग्ने समय छ । जटिल काम सम्पादन हुनाले पराक्रम र उत्साह बढ्ला । व्यापार-व्यवसायमा विशेष फाइदा उठाउन सकिनेछ । तर्कशक्ति बढ्नुका साथै रोकिएका काम सम्पादन हुनेछन् । प्रतिष्पर्धीहरू परास्त हुनेछन् । आरोग्यता रहनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
तुला – बिछोडिएका आफन्तसँग भेटघाट हुने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन् । विगतको श्रमबाट राम्रै धनलाभ हुनुका साथै बिग्रिएको सम्बन्ध र व्यक्तिगत कमजोरीलाई सुधार गर्ने अवसर जुर्ला । धन आर्जन हुने योग छ । सहयोगी नै ठानिएका व्यक्ति प्रतिस्पर्धामा उत्रिन सक्छ, सचेत रहनुहोला । मिठो भोजन प्राप्त हुनेछ । साहसिक काममा आकर्षण बढ्नेछ ।
वृश्चिक – मनको डर उत्साहमा रूपान्तरित हुने समय छ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । रमाइलो यात्रा गर्ने अवसर जुट्नुका साथै अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । अरूको मुख ताक्ने बानीले पछि परिनेछ, ध्यान राख्नुहोला । यात्रागत कार्य सफल हुनसक्छ । आय वृद्धि हुनेछ । शत्रुजन परास्त हुनेछन् ।
धनु – कर्मबल बढ्नेछ । तपाईंका कामको धेरैले तारिफ गर्नेछन् । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । सोखका कारण खर्च बढ्न सक्छ । आफ्नै कमजोरीले महत्वपूर्ण अवसर गुम्न सक्छ, सचेत रही कार्य गर्नुहोला । विगतको श्रमबाट सामान्य लाभ भए पनि परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहने योग छ । मिठो भोजन प्राप्त हुनेछ ।
मकर – प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुने दिन रहेपनि आश्वासन दिनेले झुक्याउन सक्छ । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका मिल्नसक्ने समय छ । साँझदेखि कामको चापबाट फुर्सद पाइनेछ भने शुभचिन्तकहरूसँग भेटघाट होला । विगतका कमी-कमजोरीलाई सुधार गर्ने अवसर प्राप्त हुनेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ ।
कुम्भ – दौडधुप केही बढेपनि सोचेको काम बन्नुका साथै विभिन्न अवसर प्राप्त हुने समय छ । विशेष सभा-समारोहमा सहभागी बन्ने अवसर जुर्ला । पढाइलेखाइमा प्रगति हुनेछ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ । दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्न सकिनेछ । मिठो भोजन प्राप्त होला । सामर्थ्य वृद्धि हुनेछ भने बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।
मीन – रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । पारिवारिक आत्मीयता बढ्नेछ भने विभिन्न अवसर प्राप्त हुनेछन् । महत्वाकांक्षी योजना फलीभूत हुन सक्छन् । आम्दानीका नयाँ स्रोत फेला पर्ने र श्रमको उचित मूल्यांकन हुने योग छ । दाम्पत्यसुख बढ्नेछ । कुनैपनि समस्याको समाधान मिल्नेछ ।
प्रतिक्रिया