कांग्रेस सकारात्मक प्रतिपक्षको भूमिकामा रहने उपसभापति खड्काको उद्घोष

कांग्रेस सकारात्मक प्रतिपक्षको भूमिकामा रहने उपसभापति खड्काको उद्घोष


नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसले सकरात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।

कञ्चनपुरको महेन्द्रनगरमा शनिबार आयोजित नेपाली कांग्रेस कञ्चनपुरको जिल्ला सम्मेलन उद्घाटन समारोहमा उहाँले कांग्रेस परिर्वतनको बाहक भएकाले सत्ताको पछि नलागी सकारात्मक प्रतिपक्षका रुपमा रहने धारणा राख्नुभयो ।

‘संविधानको रक्षा गर्दै मुलुकको विकासमा कांग्रेसले सदैव बलियो जग बनाउँदै आएको छ, सत्ता सञ्चालन हुन नसकेर कांग्रेसतिर फर्किन लाग्यो भने नेतृत्व लिन पार्टी तयार छ’, खड्काले भन्नुभयो । पार्टी पुनःनिर्माण र रुपान्तरणमा कांग्रेस अग्रसर हुने बताउँदै उहाँले सङ्गठन विस्तार अभियानमा लागेको जानकारी दिँदै अहिले जनताको सुखदुःखको साथी बन्ने अभियानमा कांग्रेस लागेको जिकिर गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे, प्रमुख सचेतक रमेश लेखक, केन्द्रीय सदस्य नारायणप्रकाश साउदलगायत नेताहरूले सम्बोधन गरेका थिए ।

file photo