६६ जिल्लामा एमाले जिल्ला अधिवेशन सम्पन्न, ११ जिल्ला बाँकी

६६ जिल्लामा एमाले जिल्ला अधिवेशन सम्पन्न, ११ जिल्ला बाँकी


नेकपा एमालेले २०८१ जेठ मसान्तसम्ममा सबै जिल्लाका अधिवेशन पूरा गर्ने निर्णय गरेपनि अझै ११ जिल्लाका हुन सकेका छैनन् ।

एमाले पार्टी केन्द्रीय कार्यालयका अनुसार ६६ जिल्लाका अधिवेशन पूरा भएका हुन् भने विविध कारणले ११ जिल्लाका बाँकी रहेका छन् ।

अधिवेशन गर्न बाँकी जिल्लामा इलाम, मोरङ र तेह्रथुम, सिरहा, सप्तरी र धनुषा, मनाङ, डोल्पा, अछाम, बझाङ र डोटी रहेका छन् ।

सदस्यता वितरण, आन्तरिक विवाद र गुटका कारण ती जिल्लाका अधिवेशन हुन नसकेको एमालेका एक नेताले बताए ।