नेपाल इन्जिनियरिङ कलेज : वर्षेनि एक करोडबढी छात्रवृत्ति

नेपाल इन्जिनियरिङ कलेज : वर्षेनि एक करोडबढी छात्रवृत्ति


नेपालको इन्जिनियरिङ कलेजले वर्षेनि एक करोड रुपैयाँ बढीको छात्रवृत्ति दिने गरेको जनाएको छ । सन् १९९४ देखि सञ्चालित छ । भक्तपुरको चाँगुनारायणमा रहेको यो कलेजमा इन्जिनियरिङ विधाका स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन-अध्यापन हुने गरेको छ ।

कलेजको विशेषता भनेको क्वालिटी एजुकेशन नै हो । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरु मध्येकै उत्कृष्ट कलेजका रुपमा परिचित कलेजले प्रयोगात्मक शिक्षण विधिलाई प्राथमिकताका साथ अङ्गालेको कलेजका कार्यवाहक प्रिन्सिपल एशोसिएट प्रोफेसर दुर्गाप्रसाद भण्डारीको दाबी छ । यसका साथै कलेजले विद्यार्थीहरुलाई इन्टरनेशनल एक्सपोज दिन युरोप, अस्ट्रेलिया, जापानका प्रतिष्ठित कलेज र विश्वविद्यालयसँग विद्यार्थी तथा फ्याकल्टी एक्सचेन्ज कार्यक्रममा सहकार्य गरेको छ ।

‘हामीले यहाँ पढ्ने विद्यार्थीलाई इन्टरनेशनल एक्सपोजको सुविधा दिएका छौं । हरेक वर्ष विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्तिमा युरोप, जापानलगायत विश्वका उत्कृष्ट कलेजमा अध्ययन गर्न पठाइन्छ’, कार्यवाहक प्रिन्सिपल भण्डारीको भनाइ छ ।

उनका अनुसार विद्यार्थीले कुनैपनि बेला आफ्ना शैक्षिक समस्या फ्याकल्टीहरुसँग सोध्न सकुन् भनेर कलेजले पूर्णकालीन फ्याकल्टीहरुको ब्यवस्था गरेको छ । ‘कुनैपनि विषयगत विषयमा विद्यार्थीले जुनसुकै बेला आफ्ना शिक्षकहरुसँग निर्धक्क जिज्ञासा र समस्या राख्न पाउनुपर्छ । अनिमात्र उसले चाहेको ज्ञान हासिल गर्न सक्छ । हामीसँग करिब ९० प्रतिशत अर्थात् १ सय २० जनाभन्दा बढी अनुभवी शिक्षकहरु हुनुहुन्छ’- कार्यवाहक प्रिन्सिपल भण्डारीले भने ।

पोखरा विश्वविद्यालयले प्रदान गर्ने १० प्रतिशत विद्यार्थी छात्रवृत्तिसँगै कलेजले हरेक वर्ष विभिन्न शीर्षकमा लगभग १ सय जना विद्यार्थीलाई छात्रवृत्ति दिने गरेको छ । कार्यवाहक प्रिन्सिपल भण्डारीका अनुसार कलेजले स्थानीय नागरिकका छोराछोरीलाई इन्जिनियरिङ शिक्षामा अवसर दिन चाँगुनारायण नगरपालिकामार्फत छात्रवृत्ति प्रदान गरिरहेको छ ।

कलेज सञ्चालन बोर्ड छात्रवृत्ति, प्रादेशिक छात्रवृत्ति, प्रवेश परीक्षा उत्कृष्ट छात्रवृतिलगायतका छात्रवृत्तिहरु कलेजमा छन् । यसका अलावा सेमेष्टर टपरलगायतलाई पनि छात्रवृत्ति उपलब्ध गराइएको छ । ‘इन्जिनियरिङ शिक्षामा सबैको पहुँच पुगोस भनेर हामीले अधिकतम छात्रवृत्ति दिने गरेका छौं । शुल्कको कुरा गर्दा अन्य कलेजहरुको दाँजोमा हामीले कमै शुल्क लिइरहेका छौं’- कार्यवाहक प्रिन्सिपल भण्डारीको दाबी छ ।

कलेजमा स्नातक तह तर्फ सिभिल इन्जिनियरिङ, सिभिल एण्ड रुलर इन्जिनियरिङ, कम्प्युटर साइन्स एन्जिनियरिङ, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ, इलेक्ट्रोनिक्स एण्ड कम्युनिशेकन इन्जिनियरिङ तथा वि.ई. सिभिल फर डिप्लोमा होल्डर्सको अध्यापन हुने गरेको छ । स्नातकोत्तर तहमा ललितपुरको प्रयागपोखरी स्थित नेक-सिपिएसमा कन्ट्रक्सन म्यानेजमेन्ट, इन्टरडिस्प्लिनरी वाटर रिसोर्स म्यानेजमेन्ट, नेचुरल रिसोर्स म्यानेजमेन्ट र ट्रान्सपोर्टेशन इन्जिनियरिङ एण्ड म्यानेजमेन्टको अध्यापन हुने गरेको छ ।