दधिकोटमा लुटिएको दुई करोड : मामाको योजनामा भाञ्जाको रकम लुटियो

दधिकोटमा लुटिएको दुई करोड : मामाको योजनामा भाञ्जाको रकम लुटियो


भक्तपुरको दधिकोटमा लुटिएको २ करोड रुपैयाँ प्रकरणमा प्रहरीले लुटपाटमा मामाको योजनामा भाञ्जाको रकम लुटिएको फेला पारेको छ ।

लुटपाटमा संलग्न भीम तामाङ, मुनाराज राई, सुजन रसाइली र प्रहरी हवल्दार कृष्णबहादुर बोहरालाई प्रहरीले पक्राउ गरेको छ । भाञ्जा डिल्ली राउतको उक्त रकम लुट्न मुख्य योजना बनाउने मामा कुलबहादुर खत्रीलाई भने प्रहरीले फेला पार्न सकेको छैन ।

डिल्लीले नेपाली कामदार क्रोएसिया पठाउने र त्यसरी पठाउँदा प्राप्त भएको रकम बैंकमा जम्मा नगरेर घरमै राख्ने गरेको मामा कूलबहादुरले थाहा पाएपछि उक्त रकम लुट्ने योजना बनाएर पक्राउ परेका चार जनालाई खटाएको खुल्न आउको छ । डिल्लीले ५ लाख ६८ हजार रुपैयाँ एक जनासित लिएर नेपाली युवालाई युरोपेली देशमा पठाउने मानव तस्करी गर्दै आएका छन् ।

यो समूह डिल्लीको घरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को नाम लिएर घर खान तलासी गर्ने भन्दै पुगेको र मामाले दिएको सूचनाअनुसार दराज खोल्न लगाएर रकम लिएर फरार भएको थियो । रकम लुट्दा सुजनले घरबाहिर बसेर निगरानी गर्ने र अन्य तीन जनाले रकम लुटेर हिँडेका थिए । लुट्ने समूहमध्ये बोहोरा प्रहरी हवल्दार हुन् ।

photo: rss