आजको पञ्चाङ्ग एवम् राशिफल (३ आषाढ २०८१ सोमबार, १७ जुन २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (३ आषाढ २०८१ सोमबार, १७ जुन २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८१ आषाढ ३ गते तद्अनुसार सन् २०२४ जुन १७ तारिख सोमबार ज्येष्ठ शुक्ल पक्षको एकादशी तिथि चित्रा नक्षत्र परिघ योग वणि करण आनन्दादिमा मुद्गर योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१० मा भयो र सूर्यास्त साँझ १९ः०० मा हुनेछ । स्मार्तहरुको निर्जलाएकादशी व्रत ।

आजको राशिफल

मेष – रमाइलो तरिकाले कामहरु गर्न पाइने समय छ । आजको दिन आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । व्यापार व्यवसायमा नाफाको योग छ । धार्मिक तथा सामाजिक कामको संलग्नताले मन प्रसन्न रहला । सन्तान पक्षबाट सुख बढ्नेछ । प्रेमभाव बढ्नेछ ।

वृष – आजको दिन खासै अनुकुल महसूस नहोला । कामको बोझले थाकेको महसुस हुनेछ भने घर–गृहस्थीमा समस्या आउन सक्छ । छिमेकमा झैझगडा हुनसक्छ, सचेत रही बोली र व्यवहार गर्नु उचित हुनेछ । साथीभाइ र नातेदारको सल्लाह–सहयोग महत्वपूर्ण सावित हुनसक्छ । धन खर्चको योग छ । कुनै महत्वपूर्ण कामको योजनामा हुनुहुन्छ भने हालको लागि स्थगित गर्नु उचित हुनेछ ।

मिथुन – मिश्रित फलदायी दिन छ । मनमा दुविधा रहन सक्छ तर साहस वृद्धि होला । सामाजिक काममा नाम रहनेछ भने जागिरमा चाहिँ होसियार रहनु हितकर होला । स्वास्थ्यको दृष्टिले पनि यो राम्रो समय छ । आर्थिकलाभ हुनेछ तर खर्च पनि बढ्ने योग छ । कसैसँग सानातिनो मनमुटाव हुन सक्छ । प्रशंसकहरूले आलोचना गर्न सक्छन् । संयमताका साथ व्यवहार गर्नु उचित हुनेछ । रोग र शत्रुमाथि विजय प्राप्त होला ।

कर्कट – दिन शुभदायी छ । चिताएको काम बन्नाले मन रमाउने छ भने बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । सन्तान पक्षबाट सन्तोष प्राप्त होला । बन्दव्यापारबाट लाभ मिल्नेछ, कृषिको कामबाट पनि फाइदै हुनेछ । धनलाभको योग छ । प्रेम प्रसङ्ग सुखद रहला । विगतका कर्मको उचित प्रतिफल पाइने समय छ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण रहला । खेलकुद एवम् भ्रमणमा रुचि बढ्नेछ ।

सिंह – नसोचेको स्थानबाट लाभ हुने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा होला । बोलीको प्रभाव बढ्नेछ भने आफन्तजनले प्रशंसा गर्नाले जाँगर बढ्नेछ । प्रयत्न गर्दा रोकिएको भन प्राप्त हुन सक्ने योग छ । मिष्ठान्न भोजन मिल्नेछ । मित्रजनको साथ सहयोग रहला । पराक्रम बढ्नेछ । आरोग्यता रहनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

कन्या – आजको दिन केही चुनौतीयुक्त रहने देखिन्छ । अनावश्यक ठाउँमा पैसा खर्च हुने सम्भावना रहेकोले खर्च गर्दा विशेष सावधनी अपनाउनु उचित हुनेछ । स्वास्थ्यका लागि खानपानमा सजगता अपनाउनुहोला । व्यवसायिक क्षेत्र सफल रहे पनि आम्दानीमा कमी आउने योग छ । अध्ययन तथा अध्यापनमा मन लगाउन निकै कठिन पर्ला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

तुला – आजको दिन कार्यगति बढ्नेछ । काममा सहयोगीहरूले राम्रै साथ दिनेछन् । धनजनमा वृद्धि भइ सुख–सन्तोषको माहोल बन्ने देखिन्छ । कसैबाट साथ-समर्थन पाइएला । पढाइलेखाइमा भने खासै मन नजाने योग छ । निजी काम बन्नेछ भने प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ । आरोग्यबल बढ्नेछ ।

वृश्चिक – आर्थिक क्षेत्र सबल तथा फलदायी हुने दिन छ । नसोचेको ठाउँबाट पैसा आउने देखिन्छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । धनलाभको योग छ । आम्दानी बढ्नेछ । कृषिमा सामान्य र व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ । कतैबाट अचानक उपहार मिल्ने सम्भावना छ । आरोग्यता रहनेछ ।

धनु – काममा मन दिन सके सफल भइने दिन छ । ठुला व्यक्तिले तपाईंको बुद्धि–विवेकको तारिफ गर्नेछन् । आम्दानी र खर्च बराबर जस्तै हुने देखिन्छ । आयआर्जन भएपनि अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । यात्राको सम्भावना छ । पढाइलेखाइमा सफलता मिल्नेछ । आयबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागात्मक काममा आकर्षण रहला ।

मकर – कर्मबल बढेपनि आजको दिन अलिक संघर्षमय रहला । अरूको भर पर्दा काममा धोका हुन सक्छ । बौद्धिक कार्यबाट धनलाभ भएपनि रुपैयापैसा फस्ने सम्भावना छ । स्वास्थ्य कमजोर रहला, खानपानमा विशेष ध्यान दिनु आवश्यक देखिन्छ । कमाइभन्दा खर्च नै बढी हुने योग छ । अकारण अशान्ति र छटपटी हुनसक्छ, धैर्य राख्नुहोला । यात्रा सफल रहनेछ ।

कुम्भ – टाढाको साथीसंगको भेटघाटले मन प्रफुल्ल रहला, तर सोचेको काम भने समयमा नै पुरा नहुन सक्छ । बन्न लागेको काम बिग्रन सक्ने योग भएकोले विशेष सावधानीका साथ कर्म गर्नु हितकर हुनेछ । अशुभ समाचारले मन खिन्न पार्ने देखिन्छ । कामको गति ठप्प नभएपनि सोचेअनुसारको प्रगति नहोला । आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिने समय छ ।

मीन – दौडधुप केही बढ्नेछ तर रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । आज धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नु पर्ने दिन हो, जसबाट शुभ कुराको सङ्केत प्राप्त हुने योग छ । आर्थिक पक्ष आज सन्तोषजनक रहेला । सामाजिक कार्यमा ध्यान जानेछ । आफन्तको साथ मिल्नुका साथै सुख विलास बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।