पृथ्वी राजमार्गको मुग्लिन-मलेखु खण्ड पहिरोले अवरुद्ध

पृथ्वी राजमार्गको मुग्लिन-मलेखु खण्ड पहिरोले अवरुद्ध


पृथ्वी राजमार्गको मुग्लिन मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको छ ।

सडक निर्माणका क्रममा खनेका ठाउँमा आज (३ असार) बिहान पहिरो खस्दा राजमार्गमा सवारी साधान आवत जावत रोकिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

कार्यालयका प्रमुख निरला भण्डारीका अनुसार अहिले पहिरो पन्छाउने काम जारी रहेको छ ।

पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् ।

symbolic image