नेपाल आइडल विजेता परियारलाई प्रधानमन्त्रीद्वारा बधाई

नेपाल आइडल विजेता परियारलाई प्रधानमन्त्रीद्वारा बधाई


प्रधानमन्त्री प्रचण्डले नेपाल आइडल विजेता करण परियारलाई आज (१२ असार) बिहान प्रधानमन्त्रीनिवास बालुवाटार बोलाएर बधाई दिनुभएको छ । उक्त अवसरमा उहाँले विजेता परियारलाई गितार उपहार दिनुभएको थियो ।

प्रधानमन्त्री ले विजेता परियारलाई बधाई दिनुहुँदै सङ्गीतका खासखास कार्यक्रम आफूले हेर्ने गरेको उल्लेख गर्दै युवापुस्ताका हरेक सुखदुःखमा आफू साथमै रहेको बताउनुभयो ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले साङ्गीतिक क्षेत्रमा राम्रो सम्भावना र भविष्य भएकाले परियारले निरन्तर साधनामार्फत देशकै प्रतिष्ठा बढाउन मेहनत गर्ने विश्वास व्यक्त गर्नुभयो ।