आजको पञ्चाङ्ग एवम् राशिफल (४ आषाढ २०८१ मंगलबार, १८ जुन २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (४ आषाढ २०८१ मंगलबार, १८ जुन २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८१ ज्येष्ठ ४ गते तद्अनुसार सन् २०२४ जुन १८ तारिख मंगलबार ज्येष्ठ शुक्ल पक्षको द्वादशी तिथि स्वाती नक्षत्र शिव योग बब करण आनन्दादिमा ध्वज योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१० मा भयो र सूर्यास्त साँझ १९ः०० मा हुनेछ । वैष्णवहरुको निर्जला एकादशी व्रत, तुलसीको दल राख्ने ।

आजको राशिफल

मेष – नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा राम्रै धनलाभ होला । नउठ्ने पैसा पनि उठ्ने योग छ । भाग्यले साथ दिएकोले राम्रै आर्थिक लाभ हुनुका प्रेम प्रसंगमा रमाइने दिन छ । आयआर्जनमा राम्रो दिन छ । कुनै नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । दाम्पत्य सुख बढ्नेछ भने मिठो भोजन प्राप्त हुनेछ ।

वृष – सामान्यतया आजको दिन एकदम राम्रो छ । रचनात्मक एवम् फलदायी काममा जुट्ने समय छ । कमाइ बढ्नाले मन प्रशन्न रहला । सन्तान पक्षबाट पनि सुखको समाचार आउने देखिन्छ । आज गरेको लगानीले राम्रो प्रतिफल देला । सामाजिक क्षेत्रमा मन जानेछ । साथीभाइले काममा सहयोग जुटाउनेछन् । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । आफन्तसुख बढ्नेछ ।।

मिथुन – अनावश्यक वादविवादमा पर्ने सम्भावना रहेकोले विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । आर्थिक दृष्टिले दिन ठिकै भए पनि विवाद तथा झगडाको सम्भावना रहेकाले सावधान रहनु उचित हुनेछ । हातहतियारबाट जोगिनुपर्ने समय छ । कडा प्रायस गरे पनि सफलता हात लाग्ने बेलामा बादविवाद हुन सक्छ । प्रतिष्पर्धीले धाक-रवाफ जमाउन सक्छन् । तथापि, यात्रागत कार्यमा भने सफलता प्राप्त हुनेछ ।

कर्कट – व्यस्तता बढ्नेछ तर आजको दिन काममा मन नजानाले कामहरु अधूरै रहने सम्भावना छ । मान-सम्मानमा आघात पर्ने देखिन्छ, सचेत रहनुहोला । नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ । जागिरको काममा पनि समस्या पर्ने योग छ । मित्रजनबाट मान-सम्मान पाइए पनि नोकरीमा अपजश आउन सक्छ । अन्य दृष्टिले दिन सामान्य छ ।

सिंह – वैवाहिक जीवन सुखी हुने खालको दिन छ । सामाजिक काममा नेतृत्वदायी भुमिकामा खटिनुपर्ला । मान प्रतिष्ठा प्राप्तिको योग छ । मनमा शान्ति मिल्नुका साथै बौद्धिक कार्यहरु सफल हुनेछन । पढाइलेखाइमा पनि प्रगति होला । चल-अचल सम्पत्तिको कारोवार हुनसक्नेछ । रसरागमा आकर्षण बढ्नेछ । कलात्मक काममा सफलता मिल्नेछ

कन्या – दिन सुखदायी रहने देखिन्छ । पे्रममा सुखद मिलनको अनुभव गर्न सक्नुहुनेछ । तपाईंप्रति अरुको विश्वास वृद्धि हुने समय छ । प्रयत्न गर्दा व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिएला । परिवारबाट टाढा बस्नुपर्ने समय छ । साहित्यिक कार्यमा मन जानेछ भने टाढाको यात्राबाट धनको लाभ हुने योग छ । पराक्रम र सुख बढ्ला । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – प्रतिफल प्राप्त नहुने कार्यमा ब्यस्त रहनुपर्ने समय छ । सुख टाढिने र हैरानीले स्ववागत गर्ने खालको योग रहेकोले आज धैर्य राखी नगरी नहुने काममा मात्र जुट्नु उपयुक्त हुनेछ । आजको दिन पीडा दिनेहरु सक्रिय रहन सक्छन् । अनावश्यक कुुरामा धननाश हुन सक्छ, ध्यान राख्नुहोला । स्वास्थ्यले साथ नदिन सक्छ, सावधानी अपनाउनुहोला । यात्राका क्रममा ज्यादा नै सचेतना अपनाउनुपर्नेछ ।

वृश्चिक – आर्थिक लाभ मिल्ने खालको समय छ । शुभता बढेर रोकिएका अधुरा कार्यले सार्थकता पाउने तथा आँट गरेको काम पूरा हुने समय छ । समयको अनुकुलताले कामहरु सजिलै बन्नेछन् । कसैबाट समर्थन पनि पाइएला । बुद्धिविवेकले राम्रो काम गर्नेछ । आरोग्यता रहनेछ । योजना र बजेट बनाइएर मात्र कार्य गर्नु बेस होला ।

धनु – अनुकुल एवम् मनोरञ्जनको समय रहेको छ । काममा लागिपर्ने र पूरा गरिछाड्ने अठोटले सफल तुल्याउनेछ । व्यापार व्यवसायमा उन्नती हुनेछ । आत्मविश्वास र पराक्रम वृद्धि भइ धनलाभ हुने योग छ । आँटेगरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक लाभले मन हर्षित तुल्याउला । आय वृद्धि हुनेछ । मिठो भोजन प्राप्त होला । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – घरायसी समस्याले सताए पनि गरेका काम सफल हुनाले मन सन्तुष्ट रहने छ । भेटघाटमा खर्च केही वृद्धि होला । मनोरञ्जनपूर्ण समय छ । मित्रजनहरूसँगको भेटघाट र छलफलबाट मानसिक सन्तुष्टि मिल्नेछ । आर्थिक काम बन्छ तर काम गर्दा अलिक सजगता अपनाउनुपर्नेछ । यात्राको योग छ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ ।

कुम्भ – व्यक्तिगत काममा समय र धन खर्च हुने समय छ । काममा विघ्नबाधा उपस्थित हुन सक्छन् । खर्च बढ्ने साथै मनमा दुविधा रहने देखिन्छ । स्वास्थ्यगत समस्या पनि आइपर्न सक्छन्, ध्यान राख्नुहोला । काममा ढिलासुस्ती आउनुका साथै आर्थिक हानी हुनसक्छ । भौतिक साधनको क्षति हुने योग छ । अनावश्यक दौडधुप बढ्ने देखिन्छ ।

मीन – व्यवहारिक चिन्ताले सताए पनि प्रयास गर्दा जटिल कार्यहरु पनि बन्ने दिन छ । आज आलस्यले पनि सताउला । नयाँ-नयाँ कामकुरा तर्फ मन जानाले गरिरहेको काम ओझेलमा पर्न सक्छ, ध्यान राख्नुहोला । तपाईंले अरुलाई गरेको बाचा पूरा हुने समय रहेको छ । ब्यस्तता बढेपनि मन खुशी नै रहने देखिनछ । खर्च बढ्नेछ भने रसरागमा आकर्षण रहनेछ । मिठो भोजन प्राप्त होला ।