‘अनसन’बाट चर्चामा आएका केसीद्वारा न्यायाधीशलाई कारवाही गर्न माग

‘अनसन’बाट चर्चामा आएका केसीद्वारा न्यायाधीशलाई कारवाही गर्न माग


पटके अनसनका कारण चर्चामा रहेका गोविन्द केसीले पुनः अनसन बस्ने धम्की दिएका छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिनेगरी फैसला सुनाउने दुई न्यायाधीशमाथि उनले कारवाही माग गरेका छन् । प्रसाईंको झापामा रहेको बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन परमादेश जारी गर्ने सर्वोच्चका न्यायाधीशलाई कारबाहीको माग केसीले गरेका हुन् ।

सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र सारंगा सुवेदीको संयुक्त इजलासले गत महिना १५ दिनभित्र मेडिकल कलेजलाई सम्बन्धन दिन नेपाल सरकारको नाममा परमादेश जारी गरेको थियो । आज (४ असार) एक विज्ञप्ति जारी गर्दै उनले सम्बद्ध न्यायाधीशहरूलाई कारवाही नगरे अनसन बस्ने चेतावनी दिएका हुन् ।

पुनः अनसन बस्ने पछिल्लो धम्कीलाई एकथरिले चर्चाको लागि गोविन्द केसीले गरेको ‘प्रपोगण्डा’को रूपमा व्याख्या गरेका छन् ।