अभियन्ताको नाममा ठगी : चार जना पक्राउ

अभियन्ताको नाममा ठगी : चार जना पक्राउ


आफूहरुलाई भष्ट्राचारविरोधी अभियन्ता भन्दै ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउपर्नेमा काठमाडौं गोकर्णेश्वर नगरपालिका-६ का ३१ वर्षीय राजु सुनार, वर्ष २६ का आदर्श क्षेत्री, वर्ष २० की अस्मिता खत्री र वर्ष ४५ का प्रेमप्रसाद श्रेष्ठ रहेका छन् ।

गोकर्णेश्वर नगरपाबलका क्षेत्रमा बेथिति एवं भ्रष्टाचारविरुद्ध अभियान २०८० नामक संस्थाको नाममा सरकारी कार्यालय, वडाहरुमा पुगेर धाक धम्की दिँदै रकम असुल्ने उनीहरुको पेशा रहेको प्रहरीले जनाएको छ । यो संस्था दर्ता पनि छैन ।

भ्रष्टाचार गरेको, कर छलेको जस्ता आरोप लगाएर रकम असुल्ने गरेको सूचनापछि प्रहरीले यो समूहलाई पक्राउ गरेको हो ।