आजको पञ्चाङ्ग एवम् राशिफल (५ आषाढ २०८१ बुधबार, १९ जुन २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (५ आषाढ २०८१ बुधबार, १९ जुन २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८१ आषाढ ५ गते तद्अनुसार सन् २०२४ जुन १९ तारिख बुधबार आषाढ शुक्ल पक्षको द्वादशी ५ः५७ पर त्रयोदशी तिथि विशाखा नक्षत्र सिद्धि योग कौलव करण आनन्दादिमा धाता योग चन्द्रमा तुला राशिमा १०ः२० बजेसम्म त्यसपछि वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१० मा भयो र सूर्यास्त साँझ १९ः०० मा हुनेछ । प्रदोष व्रत ।

आजको राशिफल

मेष – आनुकुलता वृद्धि हुनेछ । रुचिका विषयमा लगानी बढाउने समय छ । नसोचेको ठाउँबाट आम्दानी हुन सक्छ । लामो समयदेखि रोकिएको काम बन्नेछन् भने आम्दानीको नयाँ-नयाँ बाटो खुल्ने योग छ । साझेदारीको कामले लाभ दिनेछ । आमोदप्रमोदमा रम्नुहुनेछ । पारिवारिक समस्या भने केही बढ्न सक्छ, धैर्य राखी समाधानको प्रयास गर्नु उचित होला ।

वृष – ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । आफन्त सुख बढ्ला । धनलाभ हुनुका साथै मन त्यसैत्यसै फुरुङ्ग हुने समय छ । काममा जोश जाँगर बढ्ने देखिन्छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । सेयरबजारको काममा पनि सफलता मिल्न सक्छ । व्यापार-व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदाको योग छ । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ ।

मिथुन – आजको दिन काममा खासै मन जाने देखिँदैन । आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने समय छ । कसैसँग मनमुटाव हुने र वादविवादमा पर्न सकिने योग रहेकोले विशेष सतर्कता अपनाउनु हितकर हुनेछ । खर्चमा नियन्त्रणको प्रयत्न गर्नुहोला । शत्रुमाथि विजय प्राप्त हुनेछ । आफ्नै प्रयासले समस्याको समाधान प्राप्त हुने देखिन्छ ।

कर्कट – व्यस्तता बढेपनि श्रमको उचित मूल्यांकन हुने समय छ, तर काममा ढिलाइ भइ सोचेको काम नबन्न सक्छ । नोकरीमा झमेलाको सामना गनुपर्ने योग छ । ब्यापारमा भने लाभ मिल्ला । कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तित्वहरूसँग मित्रता बढ्ने र मानसम्मान पनि पाइने सम्भावना छ । आरोग्यता रहनेछ । रसरागको भाव वृद्धि होला ।

सिंह – पराक्रम वृद्धि हुनेछ । सोचेको काम बन्नाले मन हर्षित होला । आज घरमा मान्यजनको आगमन हुन सक्छ । पारिवारिक आवश्यकता पूर्ति होला । घरपरिवारमा राम्रो सम्बन्ध बन्नेछ । स्वादिष्ट भोजनको आनन्द पाइएला । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिएला । दिन मनोरन्जनका साथ बित्नेछ । रसरागको कार्यक्रममा आकर्षण बढ्ने समय छ ।

कन्या – धन र सुख वृद्धि हुनेछ । यात्रागत कार्यमा सफलता र साथीभाइको सहयोग प्राप्त हुनेछ । पराक्रम बढ्ला । आम्दानीको स्रोत बढ्नेछ । वाहन चौपाया आदिको कामबाट फाइदा हुने देखिन्छ । नोकरी तथा राजनीतिमा गरेका प्रयासहरु फलदायी रहनेछन् । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । पारिवारिक सुख वृद्धि होला । आफन्तजन सहयोग ीबनेर देखापर्नेछन् ।

तुला – दिन खासै उत्साहजनक नरहने देखिन्छ । स्वास्थ्य कमजोर रहनाले काममा बाधा पुग्न सक्छ । नसोचेको ठाउँमा धननाश हुने योग छ । सबल स्वास्थ्यको लागि खानपिनमा विशेष सावधान रहनु हितकर होला । सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने समय छ । भौतिक साधनको क्षति हुनबाट बच्न सजगताको खाँचो छ । प्रतिकल परिस्थितिका बाबजुद रसरागमा आकर्षण रहनेछ ।

वृश्चिक – अधुरा काम सम्पन्न हुने समय छ । सहयोगी एवम् साथीभाइहरुले काममा राम्रो साथ दिनेछन् । खेतीपातीको कामबाट राम्रो लाभ लिन सकिन्छ । नयाँ जिम्मेवारी मिल्ने योग छ । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । पितृधनको उपयोगबाट विशेष फाइदा होला । खर्च भने केही वृद्धि हुने देखिन्छ । मिठो भोजन प्राप्त हुनेछ ।

धनु – कर्मबल बढ्नेछ । सोचेभन्दा बढी नै लाभ मिल्ने समय छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । प्रशंसकहरू बढ्नेछन् । ब्यापार ब्यावसायबाट पनि राम्रै फाइदा हुने देखिन्छ । धनलाभको योग छ । मिठो भोजन प्राप्त हुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर – भाग्यबल बढ्नेछ । खर्च लागे पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । सानो प्रयासले रोकिएको काम बन्ने समय छ । टाढाको यात्राबाट धनप्राप्त होला । आफन्तजनको सहयोग पनि प्राप्त हुनेछ । अवसर आए पनि विचारेर मात्र नयाँ काम सुरु गर्नु हितकर हुनेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कुम्भ – दौडधुप बढ्नेछ । स्वास्थ्यगत कमजोरीले सताउला । नियमित कार्यमा पनि केही जटिलता एवम् समस्या पैदा हुन सक्छ । घरायसी पीडाले डेरा जमाउन सक्छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । व्यवहारमा संयमता अपनाइ अघि बढ्ने प्रयास गर्नु हितकर हुनेछ ।

मीन – खर्च र जोखिम बढ्ने समय छ । टाढिएका आफन्तको यादले पिरोल्न सक्छ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला, जसले गर्दा चिताएको काम पुरा नहुन सक्छ । साथीभाइहरु रुष्ट हुने योग छ । रसरागमा भने आकर्षण रहला ।