प्रहरी जवानबाट आत्महत्या : कारण युवती

प्रहरी जवानबाट आत्महत्या : कारण युवती


संघीय संसद भवन सुरक्षार्थ खटिएका प्रहरी जवान अजित गोलेले आफूले फुलमाला गरेकी युवती विदेशमा सम्पर्कविहीन भएपछि आत्महत्या गरेको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ ।

प्रहरीको केन्द्रीय विशेष कार्यदलमा दरबन्दी रहेका गोलेले ५ महिनाअघि फुलमाला गरेका र करिव डेढलाख रुपैयाँ खर्च गरेर एक ती युवतीलाई विदेश पठाएका थिए । लामो समय ती युवती सम्पर्कमा नआएपछि तनावकै कारण आफैले बोकेको राइफलले अनुहारमा गोली हानी हत्या गरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।

प्रहरी जवान गोलेले बुधबार (५ असार) बिहान ८ बजे अत्महत्या गरेका हुन् ।