आजको पञ्चाङ्ग एवम् राशिफल (६ आषाढ २०८१ बिहीबार, २० जुन २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (६ आषाढ २०८१ बिहीबार, २० जुन २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८१ आषाढ ६ गते तद्अनुसार सन् २०२४ जुन २० तारिख बिहीबार ज्येष्ठ शुक्ल त्रयोदशी तिथि ६ः४० पर चतुर्दशी तिथि अनुराधा नक्षत्र साध्य योग गर करण आनन्दादिमा आनन्द योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१० मा भयो र सूर्यास्त साँझ १९ः०१ मा हुनेछ ।

आजको राशिफल

मेष – आजको दिन अलिक चुनौती बढ्ने देखिन्छ । दौडधुप र जोखिम बढ्नेछ । काममा कठिनाइ सहनु पर्ने समय हुनाले होसीयारीपूर्वक काम गर्नुहोला । बन्न लागेको काम पनि बिग्रने सम्भावना छ, विशेष योजना गोप्य राख्नु उचित होला । यातायातका साधनबाट जोगिन विशेष प्रयत्न गर्नु उपयुक्त हुनेछ । घरेलु समस्याले सताउन सक्छ । मनमा असन्तुष्टिको भाव जाग्न सक्छ, धैर्य राख्नुहोला ।

वृष – अधुरा काम बनेर मन हर्षित हुने दिन छ । सहयोगीहरूले साथ दिनेछन् भने अनौठो तरिकाबाट रुपैयाँपैसा प्राप्त हुने योग छ । आम्दानी बढ्नेछ । नयाँ योजनाहरू पनि सिर्जना हुन सक्छ । परिश्रमले अरुको विश्वास जित्न सकिनेछ । बोली र व्यक्तित्वको प्रभाव रहला । साझेदारीको काम बन्नेछ । पारिवारिक एवम् दाम्पत्य सुख बढ्नेछ ।

मिथुन – मनोरञ्जनात्मक तरिकाबाट काम बनी मन हर्षित हुने समय छ । पुराना साथीभाइसँग भेट होला । भौतिक साधन जुट्नेछन् । प्रयास गर्दा नउठ्ने ठानिएको रकम पनि उठ्न सक्छ । मन प्रफुल्ल रहला । प्रेममा सफलता पाउने र वैवाहिक बन्धनको योग छ । आज टाढाको यात्रापनि सम्भावित छ । सभासमारोहमा मान पुरस्कार प्राप्त हुने देखिन्छ । शत्रुपक्ष परास्त हुनेछ ।

कर्कट – इर्ष्या गर्नेहरू सक्रिय रहन सक्ने समय छ । परिवारजनमा असमझदारी बढ्ने, मान्यजन वा अभिभावक वर्ग रुष्ट हुनसक्छन् विचार गर्नुहोला । छरछिमेकमा विवाद वा झगडा हुनसक्ने सम्भावना छ, बोली र व्यवहारमा संयमता अपनाएर अनिष्ठ टार्न सकिनेछ । गलत विचार बढ्ने, समयमा निर्णय नहुँदा काममा अवरोध आउने योग छ, एकदमै सावधानीका साथ कार्य गर्नुहोला । सन्तानपक्षबाट भने सुख मिल्ला ।

सिंह – प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला । नयाँ काम या विशेष योजनामा चाहिँ हात नहाल्नु नै उचित हुनेछ । नोकरीमा आज आलस्यले सताउन सक्छ । व्यापार–व्यवसायमा सफलता मिल्नेछ । धन आर्जनको अवसर मिल्ला । स्वास्थ्य सबल रहनेछ । रसरागको भाव जागृत होला । कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – दिन मनोरञ्जनपूर्ण रहनेछ । मान-सम्मान बढ्ने र सुखको अनुभुति हुने देखिन्छ । पराक्रम वृद्धि होला । आफन्तको साथ प्राप्त हुनेछ । सन्तानपक्षबाट सुखको समाचार सुन्न पाइएला । तपाईंप्रति ठूला व्यक्तिको आशा र भरोसा रहनेछ । बेलीकै भरमा धेरै काम सहज हुने योग छ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । समग्रमा दिन रमाइलो छ ।

तुला – आजको दिन नियमित कार्यका अलावा सामाजिक कर्ममा पनि मन जानेछ । कुनै नयाँ कामको स्रोत फेला पर्ने समय छ । जागिरमा भने समस्या देखापर्न सक्छ । व्यावसायिक यात्राको सम्भावना छ । विविध लाभ पनि होला । सहयोग र नयाँ मित्रको आगमनले मन प्रशन्न तुल्याउला । धनलाभको योग छ । साहसिक काममा आकर्षण बढ्नेछ ।

वृश्चिक – आजको दिन मिश्रित फलदायी होला । परिश्रमले लक्ष्य पूरा गर्न सकिनेछ, तर नोकरी एवम् राजनीतिमा केही अप्ठ्याराको सामना गर्नुपर्ने देखिन्छ । आज सोच्दै नसोचेको ठाउँमा धन खर्च हुनसक्छ । स्वास्थ्यगत समस्या पनि आइपर्नसक्ने हुँदा होसियाार रहनुहोला । खानपानमा सतर्कता अपनाउनु हितकर हुनेछ । फजुल खर्च वृद्धिको सम्भावना रहेकोले योजना र बजेट बनाएरमात्र व्यवहार गर्नु उचित हुनेछ ।

धनु – समय शुभदायी छ । विचार र व्यवहारले धेरैलाई आकर्षण गर्न सकिएला । ब्यापार-ब्यवसायबाट राम्रो लाभ लिन सकिन्छ । विभिन्न अवसरले पछ्याउनेछन् भने स्वास्थ्य स्थिति सबल रहनेछ । नियमित काममा जाँगर बढ्नेछ । नयाँ काम प्राप्तिको योग छ । पढाइलेखाइमा राम्रै उन्नति गरेर अघि बढ्न सकिएला । रसरागात्मक कार्यमा आकर्षण बढ्ने देखिन्छ ।

मकर – उत्साहवर्द्धक समय छ । आम्दानी बढ्ने र भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ । धनलाभको योग छ । काममा जाँगर चल्नेछ । आँटेगरेका काम पूरा भइ लाभ मिल्ने देखिन्छ । ब्यापारमा हुनेका लागि पनि समय लाभदायी नै छ । आयबल बढ्नेछ । यात्रा सफल रहनेछ ।

कुम्भ – दिन शुभदायी छ । कर्मबल बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नुका साथै सजिलै काम बन्ने देखिन्छ । गरेका कामबाट राम्रै लाभ मिल्नेछ । यात्रागत कार्यको लागि एकदम राम्रो समय रहेको छ । ब्यापारमा गरेका प्रयासहरु सकारात्मक रहनेछन् । आत्मीय साथीभाइसँग भेटघाटले मन रमाउने योग छ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मीन – बाध्यतापूर्ण काममा समय बित्न सक्छ । आज अनावश्यक रुपमा खर्च वृद्धि हुने देखिन्छ । नियमित काममा पनि खासै मन नजाला । ब्यापार ब्यवसायमा घाटाको सम्भावना भएकोले ठूलो लगानी आजको दिन नगरेकै बेस हुनेछ । समय त्यति राम्रो छैन । गलत विचार बढ्नाले समयमा सही निर्णय गर्न नसकिएला । धर्मकर्ममा आकर्षण बढ्नेछ । आफन्तजनको साथ मिल्नेछ ।