साठी किलो सुन तस्करी प्रकरण : थप दुई व्यक्ति पक्राउ

साठी किलो सुन तस्करी प्रकरण : थप दुई व्यक्ति पक्राउ


बहुचर्चित ६० किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले थप दुई व्यक्तिलाई पक्राउ गरेको छ । भक्तपुर जिल्ला घर भएका अन्दाजी ३२ वर्षीय मनोज श्रेष्ठ र रुपक भण्डारीलाई पक्राउ गरिएको हो ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार ६० किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको अभियोगमा नेपाल-भारत सिमाक्षेत्रबाट उनीहरूलाई पक्राउ गरिएको र उक्त विषयमा थप अनुसन्धान भइरहेको छ ।

उक्त सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धानका क्रममा पक्राउ पर्नेको सङ्ख्या २० जना पुगेको प्रवक्ता बोगटीले जानकारी दिएका छन् ।