अर्थ मन्त्रालयका तत्कालीन शाखा अधिकृत (हाल अवकाश प्राप्त) उद्धवप्रसाद थपलियासमेत दुई जनाले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको विषयको मुद्धा सर्वाेच्च अदालत पुगेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ करोड ६४ लाख ८९ हजार ७ सय भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतमा मुद्धा दायर गरेको थियो ।
विशेष अदालतले थपलियाको जाँच अवधिको समग्र वैधानिक आय २ करोड ४३ लचाख ८३ हजार १ सय २१ सोही अवधिमा सम्पत्ति रहेको र उनको लगानी तथा खर्च १ करोड ९९ लाख ९८ हजार ३ सय ३९ देखिएको भन्दै व्ययभन्दा वैधानिक आय नै बढी भएको भनेर फैसला सुनाएको छ । ‘प्रतिवादीले गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्ने आरोप दाबी प्रमाणित हुने अवस्था देखिएन’- फैसलामा भनिएको छ ।
अख्तियारले लामो समय अनुसन्धान गरेर भ्रष्टाचारको प्रमाणसहित पेश गरेको मुद्धा विशेष अदालतले हराएपछि अख्तियार सर्वाेच्च अदालत गएको अख्तियारका प्रवक्ता सहसचिव नरहरि घिमिरेले जानकारी दिए ।
प्रतिक्रिया