आजको पञ्चाङ्ग एवम् राशिफल (७ आषाढ २०८१ शुक्रबार, २१ जुन २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (७ आषाढ २०८१ शुक्रबार, २१ जुन २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८१ ज्येष्ठ ७ गते तद्अनुसार सन् २०२४ जुन २१ तारिख शुक्रबार ज्येष्ठ शुक्ल चतुर्दशी तिथि ६ः५३ पर पूर्णिमा तिथि ज्येष्ठा नक्षत्र शुभ योग भद्रा करण आनन्दादिमा चर योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः११ मा भयो र सूर्यास्त साँझ १९ः०१ मा हुनेछ । पूर्णिमा व्रत ।

आजको राशिफल

मेष – दौडधुप बढ्नेछ । सोचाइ एकातर्फ र परिणति अर्कोतर्फ हुने खालको समय छ । मन नपरी–नपरी बाध्यताका काममा जुट्नुपर्ला । स्वास्थ्य पनि केही कमजोर रहन सक्छ, खानपानमा विशेष ख्याल राख्नु उचित हुनेछ । धेरै बोल्ने बानीले दुःख प्रदान गर्न सक्छ, बोली र व्यवहार संयमित तुल्याउनुहोला । धननासको योग छ । सन्तानपक्ष पनि केही बक्री रहनेछन् । कठोर मिहिनेतले केही काम बन्ने देखिन्छ ।

वृष – राम्रा ग्रहको प्रभावले मनमा जोश, जाँगर, उत्साह र उमंग देखापर्ने समय छ । आफूभन्दा ठुला मान्छेको सल्लाह अनुसार चल्नु हितकर होला । तपाईंको कदमको समर्थन र प्रशंसा गर्नेहरू देखिनेछन् । प्रेमको प्रसंग सुखद रहनेछ । दाम्पत्यसुख बढ्नेछ । काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नतिको अवसर प्राप्तिको योग छ । पारिवारिक समस्याको समाधान मिल्नेछ । परिवारिक सुखका साथै उत्साह बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – नियमित कामबाट विशेष फाइदा हुने समय आएको छ । काममा जोश जाँगर आउनुका साथै आर्थिक एवम समाजिक लाभ मिल्ने देखिन्छ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने दिन छ । प्रयासलाई जारी राख्नु उचित होला । धनलाभको योग छ । साहसका साथै प्रेमभाव वृद्धि होला । मिठो भोजन प्राप्ति, मित्रजनको साथ र शत्रुमाथि विजय प्राप्त हुने योग छ । समस्याको समाधान मिल्नेछ ।

कर्कट – केही प्रतिकुलताका बाबजुद अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । आजको दिन व्यावसायिक काममा विभिन्न समस्या आउन सक्छन् । सवारी साधनको उपयोगमा विशेष सावधानी अपनाउनु हितकर हुनेछ । यात्राको योग छ । बिस्तारै कामहरु बन्न थाल्ने देखिन्छ । सन्तानसुख बढ्ला । प्रेमभाव बढ्नेछ । रसरागमा आकर्षण रहला ।

सिंह – काममा लगनशीलता दर्शाएपनि मनमा उत्पन्न दुविधाका कारण अलमलको अवस्था पैदा हुन सक्छ । समयको गतिलाई पछ्याउन नसक्दा अलिक दुःख पाइएला । भौतिक साधन बिग्रनाले लक्ष्य प्राप्त गर्न मुस्किल पर्ने समयछ । आजको दिन खर्चको मात्रा केही बढ्न सक्छ, नियन्त्रणको प्रयास गर्नुहोला । व्यस्तता बढेपनि आरोग्यता रहनेछ । मनोरञ्जनको भाव वृद्धि हुनेछ ।

कन्या – पराक्रम वृद्धि हुनेछ । प्रयत्न गरेको काम छोटै समयमा पूरा हुने समय छ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । मीठो खाना/खाजाको आनन्द मिल्ने योग छ । पढाइलेखाइमा समय दिन नसकिएला । ग्रहको सहयोगले आजको दिन प्रयास गर्दा नियमित कामबाट पनि विशेष लाभ मिल्ने देखिन्छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

तुला – भाग्योदयको समय छ । प्रशंसकहरू बढ्नेछन् भने आर्थिक कार्य फलदायी हुनुका साथै पारिवारिक सुख मिल्नेछ । आजको दिनलाई धैर्यधारण गरी परिश्रम गर्ने दिनको रूपमा लिन सकन्छ । आरोग्यबल बढ्नेछ भने उन्नति–पदोन्नति हुनसक्छ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । साहसिक काममा आकर्षण बढ्नेछ ।

वृश्चिक – अधुरो काम सम्पन्न हुने दिन छ । सामर्थ्य वृद्धि होला । आर्थिक लाभको योग रहेकोले नयाँ योजना र नियमित कर्ममा पनि मन लगाउनु उचित हुनेछ । पैतृक सम्पतिबाट विशेष लाभ मिल्नेछ । धार्मिक कार्यमा संलग्न हुने समय छ । आरोग्यता रहनेछ । मिहिनेतले रोकिएको काम पूरा गराउने देखिन्छ । प्रतिष्पर्धी परास्त हुनेछन् ।

धनु – सहयोगको आशा देखाउनेहरूबाटै धोका मिल्नसक्ने दिन रहेकोले विशेष सावधानीका साथ नियमित कर्म गर्नु हितकर हुनेछ । आजको दिन काममा अरुको कमै मात्र भर पर्नु उचित हुनेछ । विवाद र झैझगडाको सम्भावना भएकोले संयमताको खाँचो छ । शरिरीक तथा मानसिक आलस्यता बढ्न सक्छ, ध्यान राख्नुहोला । गीतसंगीत र रसरागात्मक कार्यमा भने मन आकर्षित रहला ।

मकर – परिस्थितिसँग सम्झौता गर्नुपर्ने दिन छ । परिवारजनसँग असमझदारी बढ्नुका साथै मान्यजनको सुझाव अप्रिय लाग्न सक्छ, संयमताका साथ व्यवहार गर्नु उचित हुनेछ । ठूलो हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगति हुन नदेलान् । जगिरमा समस्या आउन सक्छ । तथापि, नियमकानूनले साथ दिनाले भएको दायित्व पूरा गर्नुहुनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

कुम्भ – शुभदायी समय छ । कर्मबल बढ्नेछ । नवीन रोजगारीको सम्भावना छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुनेछ । बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ भने दाम्पत्यजीवन सुखद रहला । आजको दिन पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मीन – भाग्यबल बढ्नेछ । दिगो फाइदा हुने काम सुरु हुन सक्छ । नयाँ कामको लागि नयाँ अवसर आउने योग छ । मनमा सद्विचार आउनाले उत्साहजनक समय रहनेछ । पारिवारिक समस्याको समाधान हुने देखिन्छ । महत्वपूर्ण कार्यमा सफलता मिल्ने देखिन्छ । आफन्तको साथ मिल्नेछ । सुख विलास बढ्नेछ ।