✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८१ ज्येष्ठ ८ गते तद्अनुसार सन् २०२४ जुन २२ तारिख शनिबार ज्येष्ठ शुक्ल पूर्णिमा तिथि ६ः३५ पर आषाढ कृष्ण प्रतिपदा तिथि मूल नक्षत्र शुक्ल योग बालब करण आनन्दादिमा गद योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः११ मा भयो र सूर्यास्त साँझ १९ः०१ मा हुनेछ । गैडुपूजा, भूमिरज, मष्टपूर्णिमा ।
आजको राशिफल
मेष – गरेका कार्यहरु तत्काल पूर्ण नहुने साथै काम बनिहाले पनि मेहनत गरेअनुसारको फल नपाइने समय छ । विशेष कार्यमा बाधा आउनुका साथै आर्थिक हानी हुने योग रहेकोले विशेष सावधानी अपनाउनु उचित हुनेछ । स्वास्थ्य पनि सामान्य नरहन सक्छ । धर्मकर्ममा मना जाला । यात्रा सफल रहनेछ । प्रतिकुलताका बाबजुद खेलकूद एवम् मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण रहला ।
वृष – आर्थिक पक्षमा सुधार आउनाले जाँगर बढ्नेछ । आफन्तजनबाट सहयोग मिल्नाले रोकिएका कामहरु बन्न थाल्नेछन् । प्रयासअनुसारको कार्यसिद्धिका साथै आइपरेका समस्याको समाधान मिल्ने समय छ । धनलाभ होला । आर्थिक पक्षमा सफलता मिल्नुका साथै मित्रजनसँगको भेटले मन प्रफुल्ल हुनेछ । आर्थिक कारोबार बढ्ने देखिन्छ । विशेष काम गर्नुछ भने जोखिम नलिनु उचित हुनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । उत्साह वृद्धि होला ।
मिथुन – धैर्यताको मात्रा बढाउन सके धेरै राम्रो समय छ । समस्याहरु आफै किनारा लाग्ने छन् । परिश्रमको कदर हुने तथा अर्थलाभ र प्रगतिको प्रशस्त सम्भावना देखिन्छ । उद्योग, कारखानामा लगानी गर्न सकिनेछ । यात्रागत कार्य सार्थक हुनेछ । साझेदारीको काम बन्नेछ । शत्रु तथा प्रतिष्पर्धी परास्त हुनेछन् । आनन्द वृद्धिका साथै रचनात्मकता बढ्नेछ ।
कर्कट – यात्राको लागि उचित समय रहेको छ । लामो तथा लाभदायक यात्राको प्रक्रिया अघि बढ्न सक्छ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्ला । मित्रजन, घरपरिवारबाट सुखशान्ति पाइने देखिन्छ । नियमित प्रयोगका सरसामानमा क्षति पुग्ने योग रहेकोले सावधानीका साथ प्रयोग गर्नु उचित हुनेछ । कर्मबल बढ्नाले सर्वत्र विजय प्राप्त हुनेछ । रोकिएको काम बन्ने समय छ ।
सिंह – सोचेअनुरुप काम पूर्ण गर्न कठिन पर्ने दिन छ । परिवारबाट सोचेअनुरुपको सहयोग नमिल्नाले व्यवहारिक काममा कठिनाइ हुने देखिन्छ । आर्थिक लेनदेन नगर्नु बेस हुनेछ । दिएको पैसा फिर्ता गर्ने आजको प्रयत्न सफल हुने देखिन्न । खर्च वृद्धिले गर्दा मन अशान्त रहन सक्छ । स्वास्थ्यगत समस्या देखिन सक्छ, सचेत रहनुहोला । प्रेमभाव बढ्नेछ, मित्रजनको साथ मिल्नेछ ।
कन्या – सामान्य तथा अनुत्पादक क्रियाकलापमा आजको दिन बित्ने देखिन्छ । त्यसै–त्यसै अलमल गराउने खालको समय हुनाले काममा मन पनि खासै नजाला । पुराना समस्या भने समाधान भएर जाने योग छ । परिवारबाट सुख मिल्ला । प्रेम प्रसंग तथा बिग्रेको सम्बन्धमा केही सुधार आउन सक्छ, तर मानसिक तनावको अवस्था कायम रहने देखिन्छ ।
तुला – लाभदायक समय छ । ब्यापारमा सोचे अनुरुपको फाइदा होला । पारिवारिक सुख मिल्नुका साथै आत्मबल बढ्नेछ । शत्रु र रोग पन्छाउने उचित समय छ, प्रयास फलदायी रहला । अध्ययन तथा अध्यापनमा भने आजको दिन खासै उत्साहजनक रहने देखिन्न । आरोग्यबल बढ्नेछ । मिठो भोजन प्राप्ति र यात्रामा सफलता मिल्नेछ ।
वृश्चिक – आकस्मिक रुपले सफलता वा असफलता मिल्ने समय छ । रुपैयाँपैसाको कारोबार होला । आर्थिक लगायतका कामहरु सफल हुनेछन् भने अधुरा कामहरु पनि बन्ने योग छ । नयाँ सामान खरिद हुन सक्छ । सामर्थ्य वृद्धि होला । रोकिएको काम मिहिनेतले बन्नेछ । आरोग्यता रहनेछ । प्रतिष्पर्धी परास्त हुनेछ ।
धनु – समय खासै अनुकुल देखिन्न । अनावश्यक डर पैदा हुनुका साथै वादविवादको सम्भावना रहेकोले विशेष सावधानी अपनाउनुहोला । महत्वपूर्ण कामहरु अधुरा रहन सक्छन् । स्थ्यले पनि त्यत्ति साथ नदिन सक्छ, ख्याल राख्नुहोला । रसरागात्मक काममा आकर्षण बढ्नेछ । हरेक कार्यमा विशेष सावधानी अपनाएर मात्र कार्य गर्नु आजको लागि हितकर हुनेछ ।
मकर – परिवारमा खटपट हुनुका साथै व्यवहारिक समस्याले सताउन सक्ने दिन छ । कामहरु अधुरै रहनाले मनमा खिन्नता बढ्ला । घरपरिवारबाट पनि खासै सहयोग नमिल्न सक्छ । लगानी बढ्नेछ । आरोग्यता रहला । दायित्व निर्वाहमा सहजता नभएपनि जिम्मेवारी पूरा गर्ने सामर्थ्यका कारण मन सन्तुष्ट रहला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
कुम्भ – दिन रमाइलोको साथ बित्ने देखिन्छ । रोकिएका अधुरा कामहरु पुरा हुने छन् भने व्यवहारिक समस्याको हल हुनेछ । घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम होला । केही नयाँ काम थाल्ने समय छ । धार्मिक एवम सामाजिक काममा सहभागी हुनाले मन रमाउला । आयबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।
मीन – कर्मबल बढ्नेछ । सामाजिक कार्यमा संलग्न हुनुपर्ने समय छ । कृषिजन्य व्यापारबाट राम्रो फाइदा हुने देखिन्छ । दान पुण्यका कार्यमा आकर्षण बढ्ला । सोच्दैनसोचेको ठाउँबाट आर्थिक लाभ हुने योग छ । नजिकका मित्रजनसँग छलफल हुने र कुराकानीले धनलाभको बाटो पत्ता लाग्न सक्ने समय छ । आफन्तको साथ मिल्नेछ ।
प्रतिक्रिया