महाकाली नदीमा डुबेर बालिकाको मृत्यु, एक बेपत्ता

महाकाली नदीमा डुबेर बालिकाको मृत्यु, एक बेपत्ता


महाकाली नदीमा डुबेर बैतडीका एक बालिकाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएकी छन् । मृत्यु हुनेमा शिवनाथ गाउँपालिका-१ स्वालाकी १५ वर्षीया रजनी चाँड रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

सो कार्यालयका प्रवक्ता इन्सपेक्टर बलराम पाण्डेका अनुसार शिवनाथ गाउँपालिका-१ कुस्मतघाटस्थित महाकाली नदीमा शनिबार (८ असर) बिहान १० बजेतिर नुहाउने क्रममा रजनी बेपत्ता भएकी र केही समयपछि नेपाल प्रहरी र स्थानीयले मृतावस्थामा फेला पारेका हुन् । रजनीसँगै महाकालीमा नुहाउन गएकी सोही ठाउँकी १२ वर्षीया अस्मिता चाँड भने बेपत्ता छिन्, उनको खोजी जारी छ ।

अस्मिताको खोजीका लागि स्थानीयसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन भएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

symbolic image