आजको पञ्चाङ्ग एवम् राशिफल (९ आषाढ २०८१ आइतबार, २३ जुन २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (९ आषाढ २०८१ आइतबार, २३ जुन २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८१ ज्येष्ठ ९ गते तद्अनुसार सन् २०२४ जुन २३ तारिख आइतबार आषाढ कृष्ण प्रतिपदा तिथि ५ः४८ पर द्वितीया तिथि पूर्वाषाढ़ा नक्षत्र ब्रम्हा योग तैतिल करण आनन्दादिमा शुभ योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः११ मा भयो र सूर्यास्त साँझ १९ः०१ मा हुनेछ । त्रिपुष्कर योग १८ः३१ देखि २८ः३५ बजेसम्म ।

आजको राशिफल

मेष – श्रम गरीकन मूल्य प्राप्त नहुने तथा अरूका लागि बुद्धि खर्चनुपर्ने समय छ । स्वास्थ्य पनि केही कमजोर रहला । मुख्य काममा बाधा हुने देखिन्छ, सचेत रहनुहोला । सानातिना काममै अल्झनुपर्दा मन खिन्न रहन सक्छ । प्रतिकुलताका बाबजुद गरेको मेहनतले अरुको विश्वास जित्न सकिएला । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्ने योग छ । दिनको पछिल्लो प्रहर अनुकूलता वृद्धि हुने देखिन्छ ।

वृष – शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ भने यात्रागत कार्यमा विशेष लाभ हुने देखिन्छ । तथापि, दौडधुप र खर्च केही बढ्ला । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । आज परिस्थितिले पनि अप्ठ्यारो मोडमा पुऱ्याउन सक्छ । तपाईंका कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । महत्वाकांक्षी योजना गोप्य राख्नु हितकर होला । काममा अभिभावक वर्गको साथ-सहयोग रहनेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिने समय छ । आम्दानी बढ्नेछ । स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने देखिन्छ । प्रेमको बन्धन कसिएर जाला । दाम्पत्यजीवन सुखद तथा समृद्ध बन्ने योग छ । प्रतिस्पर्धीहरूले हार खानेछन् भने इर्ष्या गर्नेहरूलाई सवक सिकाउन सकिएला । आजको दिन कतै आतिथ्यपूर्ण सम्मान पाइएला । कृषिकर्ममा विशेष फाइदा हुनेछ । साझेदारीको काम बन्नेछ । मिठो भोजन प्राप्त होला । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – दिन उत्साहपूर्ण रहनेछ । व्यावसायिक यात्राको सम्भावना छ । मेहनत गर्दा सामान्य आम्दानी भइरहला । आजको दिन सवारी साधन उपयोग गर्दाचाहिँ अलिक सावधानी अपनाउनु हितकर हुनेछ । यात्रा गर्दा धनमाल हराउन सक्ने योग रहेकोले सचेत रहनुहोला । बोलीको गलत अर्थ लाग्नाले आत्मसम्मानमा चोट पुग्न सक्छ, बोली र व्यवहारमा संयमता राख्नु उचित हुनेछ । खेलकुद एवम् मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।

सिंह – सामान्य अस्वस्थता अनुभूतिका बाबजुद इच्छाशक्ति बढ्ने र चिताएको काम सजिलै सम्पादन हुने समय छ । प्रयत्न गर्दा विगतका कमजोरीलाई सच्याउन सकिनेछ । अध्ययन तथा अध्यापन कार्य केही सुस्त रहला । सन्तानसुख र प्रेमभाव बढ्नेछ । रसरागको भाव जागृत होला । पारिवारिक सुखशान्ति बढ्नुको साथै खास योजनाले मूर्तरूप पाउने योग छ ।

कन्या – व्यस्तता वृद्धि हुनेछ तर मेहनतीजनका लागि समय उत्साहजनक रहनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति हुनेछ । प्रतिस्पर्धी पनि परास्त होलान् । खर्च केही बढ्ने, अलिक बाध्यताका काममा जुट्नुपर्ने र सामान्य विवादमा समेत परिने योग छ, सजग रहनुहोला । आजको दिन आलस्य त्याग गर्न सके उन्नतिको ढोका खुल्नसक्छ, ध्यान राख्नुहोला ।

तुला – नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मेहनत गर्नुपर्ने दिन छ । तर, धन आर्जन गर्ने मौका जुर्ला । मुद्दा–मामिलामा विजयी भइनेछ । व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ । साथीभाइको साथ मिल्नाले पराक्रम बढ्नेछ । आरोग्यबल बढ्नेछ । मिठो भोजन प्राप्त होला । साहसिक काममा आकर्षण बढ्ने देखिन्छ ।

वृश्चिक – आजको दिन मिश्रित फलदायी रहला । अधिकारका लागि केही संघर्ष हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन् भने परिस्थिति अलिक प्रतिकूल रहने देखिन्छ । कृषिकार्यबाट सोचेको लाभ नउठ्न सक्छ । साझेदारीमा पनि समस्या आउने देखिन्छ । रोकिएको काम पूरा गर्नका लागि विशेष जोड लगाउँदा सार्थकता भेटिनेछ । पराक्रम प्रदर्शन हुने प्रकृतिको कार्यमा आकर्षण रहनेछ । बोलीको प्रभाव वृद्धि हुने योग छ ।

धनु – विभिन्न भौतिक साधनहरू जुट्ने र प्रसन्नता पनि मिल्ने समय छ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि राम्रै लाभ मिल्ने देखिन्छ । तथापि, पतिपत्नीमा अविश्वास र आफन्तजनसँग असमझदारी बढ्न सक्छ । आजको दिन बाध्यताका काममा अल्मलिनुपर्ने सम्भावना पनि छ । आरोग्यता रहनेछ । मनोरञ्जनात्मक क्रियाकलापमा मन प्रवृत्त रहला ।

मकर – दिगो फाइदाका लागि लगानी बढाउन सकिने समय छ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिने योग छ । खर्च बढ्ने र केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ने सम्भावना रहेकोले सजगतापूर्वक कदम बढाउनु उचित हुनेछ ।

कुम्भ – आयबल बढ्ने र अध्ययनमा प्रगति हुने समय छ । बौद्धिक कार्यबाट राम्रै धनलाभ होला । आफ्नो प्रतिभा धेरैलाई प्रदर्शन गर्न सकिनेछ । अरूको फाइदाका लागि उपयोग भइएला, सचेत रहनुहोला । काम बिग्रने डरले सताउन सक्छ, तर शुभचिन्तकहरूले साथ दिनेछन् र विभिन्न अवसर पाइने योग छ । मिठो भोजन प्राप्त हुनेछ । रचनात्मक कार्य बन्नेछ ।

मीन – अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने समय छ । कामले कीर्तिमानी दिलाउने सम्भावना छ । प्रतिष्ठित काम गर्ने मौका मिल्ला । आजको दिन सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर होला । सहयोगीहरूको भरपर्दा चिताएको काम नबन्न सक्छ, सजग रहनुपर्नेछ । सचेत नबन्दा हातमा आएको अवसर गुम्ने सम्भावना छ ।