जङ्गली हात्तीको दारासहित तीन जना पक्राउ

जङ्गली हात्तीको दारासहित तीन जना पक्राउ


पर्सा प्रहरीले जङ्गली हात्तीको दारासहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले पर्साको ठोरी गाउँपालिका-४ गोरखपुर टोलमा २१-२१ किलोग्राम तौल भएको दुईवटा हात्तीको दारासहित तीन जनालाई शुक्रबार नै समातेको हो ।

प्रहरी नायब उपरीक्षक भारतीले जङ्गली हात्तीको दारासहित पक्राउ परेका तीन जनालाई जिल्ला डिभिजन वन कार्यालयसँग समन्वय गरी थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको उल्लेख गर्दै भनेका छन्, ‘अभियुक्तहरू ठोरी गाउँपालिका-४ का चन्द्र परियारको खेतमा खाल्डो खनेर २१/२१ किलोग्राम तौल भएको दुई थान दारा बिक्री वितरणका लागि ग्राहक खोज्ने क्रममा पक्राउ परेका हुन् ।’

पक्राउ पर्नेमा पर्साको ठोरी गाउँपालिका-४ विजयबस्ती गुम्बालाइनका कुइसङ्ग लामा, वीरगञ्ज महानगरपालिका-१४ का प्रेम शर्मा र महानगर वडा नं २१ का अमिरीलाल महतो रहेका छन् ।